नेपाल टेलिकम र सिंगापुरकाे UTES बिच अन्तर्राष्ट्रिय युनियन अनुभव आदान-प्रदान

नेपाल टेलिकम र सिंगापुरकाे UTES बिच अन्तर्राष्ट्रिय युनियन अनुभव आदान-प्रदान

काठमाडौं। नेपाल टेलिकम वर्कर्स युनियन (NTCWU) र सिंगापुरको UNION OF TELECOMS EMPLOYEES (UTES) बिच सन् २०२४ मा आगामी ६ वर्षका लागि Delegates Exchange Programme अन्तर्गत सम्झौता भएको थियो। यसअनुरूप, NTCWU का ६ जना प्रतिनिधिहरु सिंगापुर भ्रमण गरिसकेका छन् भने हाल UTES का प्रतिनिधिहरु नेपाल भ्रमणमा रहेका छन्।

भाद्र ३ गते मंगलबार, युनियनको सभाहलमा UTES का प्रतिनिधिहरु Mr. Thuvinder Singh, Ms. Malini Subramaniam, Mr. Jumari Bin Ali, Mr. Abdul Wahab Bin Abdul Aziz, Mr. Maarof Bin Hasberi, Ms. Nurhafizah Binte Ibrahim र NTCWU का पदाधिकारीहरूबीच शिष्टाचार भेट सम्पन्न भएको छ। कार्यक्रममा UNI Global Union का Program & Organizing Coordinator  तिकल जंग खड्का, NTCWU सल्लाहकार  कृष्णप्रसाद अर्याल, IPP  राजेन्द्रप्रसाद जोशी लगायत केन्द्रीय तथा क्षेत्रिय पदाधिकारीहरूको सहभागिता थियो। अध्यक्ष  सुरेशप्रसाद रौनियारकाे सभापतित्वमा भएकाे कार्यक्रममा उपाध्यक्ष  हेमराज कटुवालले स्वागत र महासचिव लोकेन्द्र पनेरुले कार्यक्रम सञ्चालन गरेका थिए।

कार्यक्रममा दुई युनियनका पदाधिकारीहरूले संगठनिक अनुभव र कार्य प्रविधि साझा गर्दै उपहार आदान–प्रदान गरेका थिए। त्यसैगरी, UTES प्रतिनिधिहरूले नेपाल टेलिकमको बोर्ड हलमा प्रबन्ध निर्देशक सबिना मास्केसँग शिष्टाचार भेट गरेका थिए, जहाँ प्रबन्ध निर्देशकले प्रतिनिधि मण्डललाई नेपाल टेलिकमको लोगो अंकित मायाको चिनो उपहारमा प्रदान गरेकी थिइन्।

त्यसै दिन, नेपाल टेलिकमको केन्द्रीय कार्यालय सभाहलमा कम्पनी व्यवस्थापन सहित “Together in Transition: Trade Unions and The Journey of Telecom Technology” विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न भयो। कार्यक्रममा कम्पनीका COO डिल्लीराम अधिकारीले कम्पनीका गतिविधिहरूको जानकारी दिए भने UTES का General Secretary Mr. Thuvinder Singh ले सिंगापुर टेलिकम प्रणालीबारे प्रस्तुत राखेका थिए।

कार्यक्रममा CHRO सुरज सिंह थापा, CFO  राजेन्द्रप्रसाद अर्याल, कम्पनी सचिव  द्वारिकाप्रसाद पौडेल, CCO  गंगासागर मातन्चे लगायत उच्च व्यवस्थापक, NTCWU पदाधिकारी र कर्मचारीहरूको सहभागिता रहेको थियो। कार्यक्रममा CFO तथा CHRO ले पाहुनाहरूलाई कम्पनीको डायरी र पेन उपहार स्वरुप प्रदान गरे। नेपाल टेलिकम वर्कर्स युनियनका अध्यक्ष सुरेशप्रसाद रौनियारकाे सभापतित्वमा सम्पन्न कार्यक्रममा उपाध्यक्ष बीरबहादुर आलेले स्वागत र महासचिव लोकेन्द्र पनेरुले कार्यक्रम सञ्चालन गरेका थिए।