एनआरएन अमेरिकाको अध्यक्षमा शाह निर्वाचित

एनआरएन अमेरिकाको अध्यक्षमा शाह निर्वाचित

न्यूयोर्क ।  एनआरएन अमेरिकाको अध्यक्षमा सतेन्द्र शाह निर्वाचित भएका छन् । सोमवार सम्पन्न निर्वाचनमा शाह आफ्ना तीन प्रतिष्पर्धीहरुलाई पराजित गर्दै आगामी दुई वर्षे कार्यकालका लागि निर्वाचित भएका हुन् ।

घोषित परिणाम अनुसार, शाहले ३ हजार २ सय २८ मत प्राप्त गरेर जित हासिल गरे । अन्य तीन प्रतिष्पर्धी मध्ये भानु खरेल २ हजार ५ सय ६ मतसहित दोश्रो, रामहरि अधिकारी २ हजार ६७ मतसहित तेश्रो र राज आचार्य १ सय ५ मतसहित चौथो भए । यसैगरी ४ सय १ मत तटस्थ रह्यो ।

एनआरएन एनसीसी अमेरिकाको यो निर्वाचनमा १३ हजार १ सय ७५ सदस्य मतदाता थिए । जसमध्ये ८ हजार ३ सय ३ जनाले अनलाईन प्रक्रियामार्फत मतदान गरेका थिए । जुन कूल ६३ दशमलव ०२ प्रतिशत मत हो ।

आइतवार शुरु भएको निर्वाचन सोमबार बिहान १० बजेसम्म जारी थियो ।

यो निर्वाचनमा शाह, खरेल र अधिकारी समूह बनाएर त्रिपक्षीय प्रतिष्पर्धामा थिए भने आचार्य अध्यक्षका लागि एकल रुपमा मैदानमा थिए । २१ सदस्यीय कार्य समितिका लागि भएको निर्वाचनमा शाह आफ्नो समूहको चार मध्ये दुई उपाध्यक्ष, महिला उपाध्यक्ष, महासचिव, कोषाध्यक्ष, युवा संयोजक, महिला संयोजक र बहुमत कार्य समिति सदस्य (बोर्ड अफ डाइरेक्टर) को नेतृत्वसहित निर्वाचित भएका छन् ।

निर्वाचन समितिका प्रमूख टुकप्रसाद रेग्मीले सार्वजनिक गरेको परिणाम अनुसार, वरिष्ठ उपाध्यक्ष पदमा सन्तोष पहारी ३ हजार ३ सय ८८ मतसहित विजयी भएका छन् । यसैगरी चार उपाध्यक्षहरुमा प्रदीप चौलागाईं २,८८२ मत, डा गंगाधर आचार्य २,८५८ मत, आंगछिरिंग शेर्पा २,७९४ मत र सुरेन्द्र लोडारी २,६८८ मत ल्याएर विजयी भएका छन् । महासचिवमा मोहन न्यौपाने ४ हजार १३ मतसहित विजयी भए ।

विजयी सम्पूर्ण पदाधिकारी र कार्य समितिका सदस्यहरुको प्राप्त मत विवरण यसप्रकार रहेको छ ।

अध्यक्षः

सतेन्द्र शाह ३२२८ विजयी
भानु खरेल २,५०६
रामहरि अधिकारी २,०६३
राज आचार्य १०५
तटस्थः ४०१

वरिष्ठ उपाध्यक्षः

सन्तोष पहारी ( ३,३८८ मत)
उपाध्यक्षः प्रदीप चौलागाईं २,८८२
उपाध्यक्षः डा गंगाधर आचार्य २,८५८
उपाध्यक्षः आंगछिरिंग शेर्पा २,७९४
उपाध्यक्षः सुरेन्द्र लोडारी २,६८८
महिला उपाध्यक्षः सुनीता खत्री ३,४०३
युवा उपाध्यक्षः बिजय वाईबा २,८२३
महासचिवः मोहन न्यौपाने ४,०१३
सचिवः सूर्य बस्ताकोटी २,६२३
कोषाध्यक्षः रबीन्द्र उप्रेती ३,९४६
युवा संयोजकः संसार चौलागाईं ३,९७१
महिला संयोजकः करिना कुँवर ४,३६८

बोर्ड अफ डाईरेक्टरहरु

सन्तोष लम्साल ४,३९६

माधव गौतम ४,१४१

बावुराम काफ्ले ३,७६१

ध्रुब गौतम ३,७२१

राजु शाह ३,५४६

इन्द्रकान्त चौधरी ३,३९२

ओम बिके ३,३०९

हेम ठकुल्ला ३,२३१