रजनीकान्तका सबैभन्दा धेरै कमाउने शीर्ष १० फिल्म

रजनीकान्तका सबैभन्दा धेरै कमाउने शीर्ष १० फिल्म

हैदरावाद  । बहुप्रतिक्षित फिल्म ‘कुली’ १४ अगस्ट २०२५ मा भारतभर पाँच भाषामा रिलिज भइसकेको छ। यसैसँगै रजनीकान्तले आफ्नो फिल्मी यात्रा पूरा गरेको ५० वर्षको विशेष क्षण मनाइरहेका छन्। नयाँ फिल्ममा उनीसँगै नागार्जुन खलनायकको भूमिकामा देखिएका छन्। रजनीकान्तको क्रेज अझै उस्तै देखिँदै गर्दा, यहाँ उनका शीर्ष १० सबैभन्दा धेरै कमाउने फिल्महरू यस प्रकार छन् –

रोबोट २.० (२०१८) – रजनीकान्तले रोबोट ‘चिट्टी’को भूमिका निभाएको यस साइ-फाइ फिल्मले विश्वभर करिब ८०० करोड कमायो।

-जेलर (२०२३) – रिटायर्ड जेलरको कथामा आधारित यस फिल्मले विश्वव्यापी रूपमा ६०५-६१० करोड कमायो।

-कबाली (२०१६) – डनको भूमिकामा देखिएका रजनीकान्तको यस फिल्मले ३०५ करोड कमायो।

-रोबोट (२०१०) – वैज्ञानिक र रोबोटको कथामा आधारित यो फिल्मले २९० करोड कमायो।

-दरबार (२०२०) – प्रहरी आयुक्तको भूमिकामा रजनीकान्त, बक्स अफिस कमाई करिब २५० करोड

-पेट्टा (२०१९) – होस्टेल वार्डनको भूमिकामा देखिएको यो फिल्मले २३२ करोड कमायो।

-अन्नत्ते (२०२१) – परिवार र भाइ–बहिनीको सम्बन्धमा आधारित यस फिल्मले १७०-१७२ करोड कमायो।

-शिवाजी द बोस (२००७) – सुपरहिट फिल्म, बक्स अफिस कलेक्शन १६० करोड

-लिङ्गा (२०१४) – एक्शन कमेडी फिल्म, कमाई १६० करोड

-काला (२०१८) – ब्लकबस्टर ड्रामा, विश्वव्यापी कलेक्शन १६० करोड