

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद अशोक कुमार चौधरीले सहकारी ठगी प्रकरणमा फरार रहेका जीवी राईको ठेगाना खुलाउन गृहमन्त्री रमेश लेखकलाई प्रत्यक्ष प्रश्न गरेका छन्।
प्रतिनिधि सभाको बैठकमा बोल्दै चौधरीले गृहमन्त्री बनेको एक वर्ष बित्दा पनि राईलाई पक्राउ नगरेको भन्दै आलोचना गरे। उनले सोधे, “जीवी राईलाई कहाँ लुकाइएको छ? उनी घरमा छन् कि सत्ताको ओडारमा?”
चौधरीले गिरिबन्धु टी स्टेटको फाइल हराएको, नक्कली भुटानी शरणार्थी प्रकरणमा बेचन झाको बयान थन्किएको, र उच्चस्तरीय नेताहरूको नाम सार्वजनिक भए पनि अनुसन्धान सुस्त भएको विषयमा पनि प्रश्न उठाए।
उनले भिटिज भिसा प्रकरणमा उच्चस्तरीय छानबिन वा संसदीय छानबिन समिति गठन नभएसम्म आन्दोलन नछाड्ने चेतावनी दिए।