संसदीय समितिमा गृहमन्त्री जादै, कैलाली कारागार घटनाबारे छलफल हुने

संसदीय समितिमा गृहमन्त्री जादै, कैलाली कारागार घटनाबारे छलफल हुने

काठमाडौं । संघीय संसद अन्तर्गतका तीन संसदीय समितिहरूको बैठक आज सिंहदरबारमा बस्ने भएका छन्। कानुन, न्याय तथा मानव अधिकार समितिको बैठकमा गृहमन्त्री रमेश लेखक उपस्थित हुनेछन्। बैठकमा साउन २३ गते कैलाली कारागारमा भएको घटना, त्यसको प्रभाव र समस्या समाधानका उपायबारे गृहमन्त्रीसँग छलफल गरिनेछ। बैठक बिहान १० बजे सुरु हुनेछ।

यसैगरी, संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठकमा महालेखापरीक्षकको ६२औं वार्षिक प्रतिवेदनमा समेटिएका मुख्य विषयहरूबारे छलफल हुनेछ। यो बैठक बिहान ११ बजे बोलाइएको छ।

त्यसैगरी, कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको बैठकमा भूमि सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयक, २०८२ का बारेमा छलफल हुनेछ। यो बैठक पनि बिहान ११ बजे सुरु हुने छ।