राज्य व्यवस्था समितिको सभापतिबाट रामहरि खतिवडाले दिए राजीनामा

राज्य व्यवस्था समितिको सभापतिबाट रामहरि खतिवडाले दिए राजीनामा

काठमाडौं । प्रतिनिधि सभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाले मंगलबार पदबाट राजीनामा दिएका छन्।

निजामती सेवा विधेयकमा कुलिङ पिरियड सम्बन्धी प्रावधानमा छेडछाड भएको आरोपको छानबिन गर्न गठित संसदीय समितिले उनलाई नैतिक रूपमा जिम्मेवार ठहराएपछि उनले प्रतिनिधि सभाको बैठकमै राजीनामा घोषणा गरे।

“प्रतिवेदनमा जिम्मेवारी भन्ने शब्द प्रयोग भएकाले म त्यसको बोध गर्दै राज्य व्यवस्था तथा सुशासन समितिको सभापतिबाट आज हाँसीहाासी राजीनामा दिएको घोषणा गर्दछु,” खतिवडाले भने।

उनले आफू दोषी नभएको दाबी गर्दै पनि जिम्मेवारीको संवेदनशीलता बुझेर पद छोडेको स्पष्ट पारे।