आत्मरक्षा सिक्दै किशोरी

आत्मरक्षा सिक्दै किशोरी

परासी, ४ असाेज । बालिका र किशोरीले आफूमाथि आक्रमण भए कसरी प्रतिरक्षा गर्ने ? पश्चिम र पूर्वी नवलपरासीमा प्रतिरक्षा तालिम नै सुरु हुन थालेको छ । दिनदिनै बढेका हिंसा र बलात्कारका घटनाबाट जोगिन टोल–टोलमै यस्तो अभियान थालिएको हो । कान्तिपुर दैनिकमा खबर छापिएकाे छ ।

महिला हिंसाबारे चेतना जगाउने र परिआए प्रतिकार गर्न सक्ने बनाउने उद्देश्यले सञ्चालित तालिममा कुन संवेदनशील अंगमा प्रहार गर्दा आफू उम्किन सकिन्छ र गोप्य अंगको सुरक्षाका लागि के गर्ने भन्ने सिकाउने गरिएको छ । सरकारी सहकार्यमा सञ्चालित पहुँच कार्यक्रमअन्तर्गत नवलपरासीका बाल क्लब प्रतिनिधि र युवा क्लबमा आबद्ध किशोरीलाई आत्मरक्षा तालिम दिइएको हो ।