

काठमाडौं । भारतका प्रमुख विपक्षी दल भारतीय राष्ट्रिय कांग्रेसका नेता राहुल गान्धी संसद् भवनबाट निर्वाचन आयोगसम्म प्रदर्शनका क्रममा पक्राउ परेका छन्। बीबीसी हिन्दीका अनुसार उनीलाई नियन्त्रणमा लिइएको छ।
राहुल गान्धीसँगै कांग्रेस नेतृ प्रियंका गान्धी र शिव सेना पार्टीका नेता सञ्जय राउतलाई पनि नियन्त्रणमा लिइएको छ। लोकसभा निर्वाचन, महाराष्ट्र र हरियाणाको चुनावमा मतदाता नामावलीमा निर्वाचन आयोग र भारतीय जनता पार्टीको मिलेमतोमा धाँधली गरिएको आरोप लगाउँदै विपक्षी सांसदहरूले दिल्लीस्थित निर्वाचन आयोगको कार्यालय अगाडि जुलुस निकालेका थिए।
प्रहरीका अनुसार, अनुमति बिना ठूलो सङ्ख्यामा मानिस भेला भएका कारण उनीहरूलाई नियन्त्रणमा लिइएको हो।