

काठमाडौं । संघीय संसदका चार संसदीय समितिको बैठक आज सिंहदरवारस्थित संसद सचिवालयमा बस्ने भएको छ। अर्थ समितिको बैठक बिहान ११ः०० बजे सुरु हुनेछ, जसमा वैकल्पिक विकास वित्त परिचालनसम्बन्धी विधेयकमाथि दफावार छलफल हुनेछ।
त्यसैगरी, बिहान ११ः३० बजे कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको बैठकमा हिन्दु कुश हिमालय पार्लियामेन्ट सम्मेलन २०२५ को पत्रकार सम्मेलनसम्बन्धी छलफल हुनेछ। सोही समयमा विधायन व्यवस्थापन समितिको बैठक पनि बस्नेछ, जसमा नेपाल नागरिकता (दोस्रो संशोधन) विधेयक, २०८१ माथि सैद्धान्तिक छलफल हुनेछ।
यस्तै, दिउँसो १ः०० बजे कानुन, न्याय तथा मानव अधिकार समितिको बैठक बस्नेछ, जसमा नेपाल कानुन व्यवसायी परिषद (दोस्रो संशोधन) विधेयकबारे दफावार छलफल हुनेछ।