ओली, देउवा र प्रचण्डले सन्यास लिए म सबैभन्दा खुसी हुने थिएँ : गगन थापा

ओली, देउवा र प्रचण्डले सन्यास लिए म सबैभन्दा खुसी हुने थिएँ : गगन थापा

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले प्रधानमन्त्री केपी शर्मा ओली, कांग्रेस सभापति शेरबहादुर देउवा र नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले राजनीतिबाट सन्यास लिए आफू सबैभन्दा खुसी हुने बताएका छन्।

आइतबार काठमाडौंमा आयोजित युवासँग जनप्रतिनिधि कार्यक्रममा बोल्दै थापाले यस्तो इच्छा अवमूल्यनका लागि नभई सम्मानका साथ व्यक्त गरेको स्पष्ट पारे। ‘यदि उहाँहरूले आजको दिनबाट राजनीतिबाट सन्यास घोषणा गर्नुभयो भने म सबैभन्दा खुसी मानिस हुन्थेँ। यो अवमूल्यन होइन, उहाँहरूप्रति ठूलो सम्मान छ। उहाँहरूले नेपालको राजनीतिमा ठूलो योगदान गर्नुभएको छ,’ ।

थापाले नेपालको राजनीति डेलिभरी गर्न नसक्ने मोडमा अड्किएको र त्यसप्रति आम नागरिकमा वितृष्णा बढेको टिप्पणी गरे। उनका अनुसार, अहिलेको राजनीति फोहोर जमेको पोखरीजस्तो भएको छ।