एएफसी यू-२० महिला छनोटमा नेपालको सपना समाप्त, उत्तर कोरियासँग ११–० को हार

एएफसी यू-२० महिला छनोटमा नेपालको सपना समाप्त, उत्तर कोरियासँग ११–० को हार

काठमाडौं । एएफसी यू–२० महिला एसियन कप छनोट अन्तर्गत समूह ‘ए’ को अन्तिम खेलमा नेपाल उत्तर कोरियासँग ११–० को ठूलो अन्तरले पराजित भएको छ।

भुटानको थिम्पुस्थित चाङलिमिथाङ स्टेडियममा आइतबार भएको खेलमा साविक विजेता उत्तर कोरियाले पहिलो हाफमा ५ र दोस्रो हाफमा ६ गोल गर्दै सहज जीत हात पारेको हो। यससँगै उत्तर कोरियाले समूहको तीनै खेल जित्दै ९ अंकसहित थाइल्याण्डमा हुने अन्तिम चरणमा स्थान पक्का गरेको छ। छनोटमा उसले ३६ गोल गरेको छ भने कुनै गोल खाएको छैन।

यो हारसँगै नेपालको छनोट यात्रा समाप्त भएको छ। नेपालले तीन खेलमा ४ अंक मात्र जोड्यो— पहिलो खेलमा भुटानसँग १–१ बराबरी, दोस्रो खेलमा साउदी अरेबियामाथि १–० को जित र अन्तिममा उत्तर कोरियासँग हार।

नियमअनुसार ८ समूह विजेता सिधै छनोट हुनेछन् भने उत्कृष्ट तीन उपविजेता पनि अन्तिम चरणमा पुग्ने