रास्वपाले रुपन्देही–३ उपनिर्वाचनका लागि ९ उम्मेदवारसँग छलफल गर्ने

रास्वपाले रुपन्देही–३ उपनिर्वाचनका लागि ९ उम्मेदवारसँग छलफल गर्ने

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले रुपन्देही–३ मा हुने प्रतिनिधिसभा उपनिर्वाचनका लागि इच्छुक ९ जना उम्मेदवारसँग छलफल गर्ने तयारी गरेको छ। आइतबार दिउँसो १ बजेदेखि ५ बजेसम्म पार्टी केन्द्रीय कार्यालय वनस्थलीमा छलफल आयोजना गरिने रास्वपाका प्रवक्ता मनिष झाले जानकारी दिएका छन्।

छलफलको सहजीकरण पार्टीका सहमहामन्त्री तथा लुम्बिनी प्रदेश इन्चार्ज विपिन कुमार आचार्यले गर्नेछन् भने केन्द्रीय कोषाध्यक्ष लिमा अधिकारी र लुम्बिनी प्रदेश सभापति देवराज पाठकले समेत ‘अब्जर्भेसन’ गर्नेछन्।

छलफलपछि दिउँसो ४ बजे उम्मेदवारका आकांक्षीहरूका साथ पत्रकार भेटघाट कार्यक्रम पनि आयोजना गरिनेछ। रास्वपाले साउन २३ गते ९ जना उम्मेदवारहरूको नामावली सार्वजनिक गरेको थियो।