राष्ट्रपति पौडेल र प्रधानमन्त्री ओलीबीच समसामयिक विषयमा भेटवार्ता

राष्ट्रपति पौडेल र प्रधानमन्त्री ओलीबीच समसामयिक विषयमा भेटवार्ता

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री केपी शर्मा ओलीबीच आज बिहान शीतल निवासमा भेटवार्ता भएको छ।

राष्ट्रपति कार्यालयका अनुसार भेटमा समसामयिक विषयमा छलफल भएको थियो। यस क्रममा प्रधानमन्त्री ओलीले राष्ट्रपतिलाई आफ्नो हालै सम्पन्न तुर्कमेनिस्तान भ्रमणबारे जानकारी गराएका छन्।