फिफा महिला वरियतामा नेपालको ऐतिहासिक फड्को, ८७औं स्थानमा उक्लियो

फिफा महिला वरियतामा नेपालको ऐतिहासिक फड्को, ८७औं स्थानमा उक्लियो

काठमाडौं । फिफा महिला फुटबल वरियतामा नेपालले हालसम्मकै ऐतिहासिक सफलता हासिल गरेको छ। विश्व फुटबल महासंघ (फिफा) ले बिहीबार सार्वजनिक गरेको नयाँ वरीयतामा नेपाल १३ स्थान उक्लँदै ८७औं स्थानमा पुगेको हो।

यसअघि १००औं स्थानमा रहेको नेपाली टोलीले ४६.४९ अंकको वृद्धि गर्दै नयाँ कीर्तिमान कायम गरेको हो। यसअघि नेपालको सर्वोच्च वरियताको रेकर्ड ९१औं स्थान थियो, जुन अब उछिनिएको छ।

एसियाली राष्ट्रहरूबीच नेपाल अहिले १६औं स्थानमा छ। नेपालले हालै सम्पन्न महिला एसियन कप छनोट अन्तर्गत श्रीलंका र लाओसविरुद्ध जित दर्ता गर्दै उज्बेकिस्तानसँग बराबरी खेलेको थियो। यही प्रदर्शनले वरियतामा ठूलो सुधार ल्याएको हो।

फिफाको नयाँ वरीयतामा स्पेन शीर्ष स्थानमा उक्लिएको छ भने लामो समय अग्रस्थानमा रहेको अमेरिका दोस्रोमा झरेको छ।