प्रधानमन्त्री ओलीलाई भारत भ्रमणको निम्तो दिन भारतीय विदेश सचिव काठमाडौं आउदै

प्रधानमन्त्री ओलीलाई भारत भ्रमणको निम्तो दिन भारतीय विदेश सचिव काठमाडौं आउदै

काठमाडौं : भारतीय विदेश सचिव बिक्रम मिश्री आगामी भदौ १ गते (१७ अगस्ट) नेपाल आउने भएका छन्। मिश्रीको भ्रमणको उद्देश्य प्रधानमन्त्री केपी शर्मा ओलीलाई भारत भ्रमणका लागि औपचारिक निमन्त्रणा दिनु रहेको छ।

स्रोतका अनुसार भारतीय पक्षले प्रधानमन्त्री ओलीलाई आगामी ३१ भदौदेखि १ असोजसम्म भारत भ्रमण गर्न प्रस्ताव गरेको छ। यद्यपि, भ्रमणको औपचारिक मिति भने हालसम्म टुंगो लागेको छैन।

भ्रमणका क्रममा मिश्रीले प्रधानमन्त्री ओलीसँग भेट गरी भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको तर्फबाट औपचारिक निमन्त्रणापत्र हस्तान्तरण गर्ने कार्यक्रम छ। साथै, उनले परराष्ट्रमन्त्री, परराष्ट्र सचिवलगायतका उच्च अधिकारीहरूसँग पनि भेटवार्ता गर्ने र ओलीको सम्भावित भारत भ्रमणका एजेन्डाहरूबारे छलफल गर्ने तयारी रहेको परराष्ट्र मन्त्रालय स्रोतले जनाएको छ।