

काठमाडौं । नेपाली बजारमा सुन र चाँदीको मूल्यमा पुनः वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार सोमबार छापावाल सुनको मूल्य तोलामा १ सय रुपैयाँले बढेर १ लाख ९६ हजार ६ सय रुपैयाँमा पुगेको छ । अघिल्लो दिन आइतबार यो मूल्य १ लाख ९६ हजार ५ सय रुपैयाँ थियो ।
त्यस्तै, चाँदीको मूल्य पनि आज ५ रुपैयाँले बढेको छ । सोमबार चाँदी तोलाको २ हजार २५५ रुपैयाँमा कारोबार भइरहेको छ, जुन अघिल्लो दिन आइतबार २ हजार २५० रुपैयाँ थियो ।
आज दश ग्राम सुनको मूल्य १ लाख ६८ हजार ५५५ रुपैयाँ पुगेको छ भने १० ग्राम चाँदीको मूल्य १ हजार ९ सय ३३ रुपैयाँ ५० पैसा कायम भएको छ ।