२० वर्षमा बनेको सलमानको ‘वीर’ बक्स अफिसमा सुपरफ्लप

२० वर्षमा बनेको सलमानको ‘वीर’ बक्स अफिसमा सुपरफ्लप

मुम्बई । बलिउड सुपरस्टार सलमान खान हाल नयाँ फिल्ममा व्यस्त छन्, जसमा उनी गलवान युद्धको पृष्ठभूमिमा आधारित सैनिकको भूमिकामा देखिँदैछन्। फ्यानहरू यस चलचित्रको प्रतिक्षामा छन्, तर उनका अघिल्ला केही प्रोजेक्टले निराशाजनक प्रदर्शन गरेका छन्।

त्यस्तै एक फिल्म हो — ‘वीर’, जसको कथा लेख्न सलमानले २० वर्षअघि सुरू गरेका थिए। सन् २०१० मा रिलिज भएको यो फिल्ममा उनले नयाँ अभिनेत्री जरिन खान लाई लन्च गरेका थिए। तर, ठूलो बजेट र प्रचार–प्रसारका बावजूद फिल्मले बक्स अफिसमा अपेक्षित प्रदर्शन गर्न सकेन।

‘कट्रिना कैफको लुकअलाइक’ भनेर चर्चा पाएकी जरिनले ‘वीर’ मार्फत डेब्यु गरिन्, तर फिल्मको असफलताले उनलाई पहिलो फिल्ममै ‘फ्लप हिरोइन’ को ट्याग लगाइदियो। फिल्ममा सलमानसँगै सोहेल खान, मिथुन चक्रवर्ती र ज्याकी श्राफ जस्ता कलाकारको पनि उपस्थिति थियो।

आईएमडीबीका अनुसार ‘वीर’को स्क्रिप्ट सलमानले दुई दशकअघि लेखेका थिए। तर फिल्म बनेपछि ६३ करोडको लागतमा निर्माण भई मात्र ४६ करोडको व्यापार गर्न सफल भयो।

फिल्ममा सलमानको दोहोरो भूमिका थियो — सुरुवातमा वीरका रूपमा देखिएका उनी पछि आफ्नै छोराको भूमिकामा पुनः अवतरित हुन्छन्। कथा, निर्देशन र प्रस्तुतिमा कमजोरी देखिएको फिल्मलाई दर्शकले खासै रुचाएनन्, जसले गर्दा फिल्म सुपरफ्लपको रूपमा चिनियो।

आज पनि यो फिल्म बलिउडका इतिहासमा ‘उम्मेदभन्दा धेरै लगानी, तर न्यून प्रतिफल’ का उदाहरणका रूपमा लिइन्छ।