

काठमाडौं : दक्षिण कोरियाको रोजगार अनुमति प्रणाली (ईपीएस) अन्तर्गत साउन २६ गतेदेखि भाषा परीक्षा आवेदन खुल्ने भएको छ ।
कोरियाको मानव संसाधन विकास सेवाले आफ्नो वेबसाइटमार्फत जानकारी दिँदै साउन २६ गतेदेखि ३१ गतेसम्म आवेदन दिन सकिने जनाएको हो ।
सन् २००७ मा नेपाल सरकार र दक्षिण कोरियाबीच भएको समझदारी (एमओयू) अनुसार सन् २००८ बाट नेपाली कामदार कोरिया पठाउने प्रक्रिया सुरु भएको हो । यसै कार्यक्रम अन्तर्गत कोरियामा रोजगारीका लागि इच्छुक कामदारले भाषा परीक्षा अनिवार्यरूपमा पास गर्नुपर्छ ।