

काठमाडौं। संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले ३४ जना उपसचिवको सरुवा गरेको छ। समयावधि पुगेका उपसचिवहरूलाई विभिन्न मन्त्रालय, विभाग तथा निकायहरूमा पदस्थापन गरिएको मन्त्रालयले जनाएको छ।
उक्त सरुवा सचिव रविलाल पन्थको तहबाट अन्तिम समयमा निर्णय गरेर गरिएको हो। शुक्रबार साँझ मन्त्रालयले सूची सार्वजनिक गर्दै सरुवाबारे जानकारी दिएको हो।
मन्त्रालयका अनुसार सरुवा प्रक्रियामा कार्य सम्पादन मूल्याङ्कन, सेवा अवधि, कार्यक्षमता तथा आवश्यकताका आधारमा निर्णय गरिएको छ। सरुवा गरिएका उपसचिवहरूलाई अब छिट्टै नयाँ कार्यस्थलमा रिपोर्ट गर्न निर्देशन दिइएको छ।
सरुवा सूचीमा परेका उपसचिवहरूको नाम र नयाँ कार्यस्थल भने मन्त्रालयले औपचारिकरूपमा प्रकाशित गरिनसकेको छ।