अमेरिकाद्वारा भारतसहित ९२ देशमा नयाँ भन्सार शुल्क लागू

अमेरिकाद्वारा भारतसहित ९२ देशमा नयाँ भन्सार शुल्क लागू

काठमाडौं। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भारतसहित ९२ देशहरूमा नयाँ भन्सार शुल्क लगाउने निर्णय गरेका छन्। भन्सार शुल्क साउन २३ (अगस्ट ७) देखि लागू हुने जनाइएको छ।

भारतमाथि २५ प्रतिशत शुल्क

भारतमाथि २५ प्रतिशत भन्सार शुल्क तोकिएको छ, जुन यसअघि १० प्रतिशत मात्र थियो। अमेरिकाले भारतले रूसबाट हतियार र तेल खरिद गरेकाले थप कारबाहीस्वरूप शुल्क बढाएको हो। यो निर्णयले भारतको स्टिल, अटोमोबाइल, वस्त्र, इलेक्ट्रोनिक्स, र गहना उद्योगमा प्रत्यक्ष असर पार्ने देखिएको छ।

अन्य देशहरूमा पनि शुल्क

  • पाकिस्तान: १९ प्रतिशत

  • क्यानडा: ३५ प्रतिशत

  • लाओस, म्यानमार, सिरिया: ४० प्रतिशत वा बढी

  • ब्रिटेन: अटो र सामानमा १० प्रतिशत, स्टिल–एलुमिनियममा २५ प्रतिशत

  • जापान: २५ बाट घटाएर १५ प्रतिशत

  • दक्षिण कोरिया: २५ बाट घटाएर १५ प्रतिशत

  • इन्डोनेसिया: १९ प्रतिशत (तर अमेरिकी सामानमा कर छुट)

  • फिलिपिन्स: १९ प्रतिशत

  • भियतनाम: २० प्रतिशत

चीन र युरोपेली युनियन

  • चीनका लागि मे २०२५ को कार्यकारी आदेश १४२९८ अनुसार पहिलेकै नियम लागू हुनेछ।

  • युरोपेली युनियनसँग प्रारम्भिक व्यापार सम्झौता भएको छ जसअनुसार अधिकांश सामानमा १५ प्रतिशत भन्सार शुल्क लाग्नेछ। ईयूले बदला स्वरूप अमेरिका बाट ७५० अर्ब डलरको ऊर्जा किन्ने र ६०० अर्ब डलरको लगानी गर्नेछ।

शुल्कको कार्यान्वयन र समयसीमा

  • भन्सार आदेश लागू भए पनि ५ अक्टोबर २०२५ भन्दा अगाडि अमेरिका आउने सामानमा अघिल्लो दर नै लाग्नेछ।

  • अन्य देशबाट सामान अमेरिका पठाइए पनि यदि कर बचाउन तेस्रो देश प्रयोग गरियो भने त्यसमाथि ४० प्रतिशत भन्सार शुल्क लाग्नेछ।

अमेरिकी प्रशासनले यस भन्सार नीतिलाई राष्ट्रीय सुरक्षासँग जोडिएको रणनीतिक कदम भन्दै अघि सारेको छ।