

काठमाडौं । आगामी आईसीसी महिला टी–२० विश्वकप २०२६ को ग्लोबल छनोट प्रतियोगिता नेपालमा आयोजना हुने भएको छ। विश्व क्रिकेटको सर्वोच्च निकाय आईसीसीले बिहीबार सार्वजनिक गरेको तालिकाअनुसार प्रतियोगिता २०२५ जनवरी १२ देखि फेब्रुअरी २ सम्म नेपालमा हुनेछ।
यो प्रतियोगिता महिला क्रिकेटमा नेपालमा आयोजना हुने अहिलेसम्मकै सबैभन्दा ठूलो अन्तर्राष्ट्रिय प्रतियोगिता हो। ग्लोबल क्वालिफायरमा कुल १० टिम सहभागी हुनेछन्। हालसम्म बंगलादेश, आयरल्यान्ड, नेपाल, थाइल्यान्ड र अमेरिका गरी पाँच टिमको टुंगो लागेको छ।
बंगलादेश र आयरल्यान्डले सन् २०२४ को विश्वकपमा खेलेका कारण स्वतः क्वालिफिकेशन पाएका हुन्।
नेपाल र थाइल्यान्डले एसिया क्षेत्रीय छनोट पार गर्दै ग्लोबल चरणमा स्थान बनाएका हुन्।
अमेरिकाले अमेरिका क्षेत्रीय छनोट जित्दै ग्लोबल छनोटमा स्थान सुरक्षित गरेको हो।
बाँकी पाँच टोली भने अफ्रिका, युरोप र इस्ट एसिया–प्यासिफिक क्षेत्रीय छनोटबाट छनोट हुनेछन्।
अफ्रिका र युरोपबाट दुई–दुई टिम,
र इस्ट एसिया–प्यासिफिकबाट एक टिम ग्लोबल क्वालिफायरमा आउनेछन्।
नेपाल क्रिकेट संघ (क्यान)ले प्रतियोगिता तयारी तीव्र बनाउँदै लगेको छ। यो प्रतियोगिता नेपालमा महिला क्रिकेटको अन्तर्राष्ट्रिय पहुँच विस्तार गर्ने ऐतिहासिक अवसर समेत मानिएको छ।