माओवादी केन्द्रले तय गर्‍यो स्थायी कमिटी बैठकको एजेन्डा

माओवादी केन्द्रले तय गर्‍यो स्थायी कमिटी बैठकको एजेन्डा

काठमाडौं । नेकपा (माओवादी केन्द्र) ले आउँदो साउन १६ गतेदेखि सुरु हुने स्थायी कमिटी बैठकको एजेन्डा तय गरेको छ।

पार्टी कार्यालय पेरिसडाँडामा बुधबार बसेको पदाधिकारी बैठकले सो एजेन्डा तय गरेको माओवादी केन्द्रका उपाध्यक्ष तथा प्रवक्ता अग्नि सापकोटाले जानकारी दिए। प्रवक्ता सापकोटाका अनुसार बैठकको सुरुमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले वर्तमान राजनीतिक परिस्थितिबारे स्थायी कमिटीलाई ब्रिफिङ गर्नेछन्।

त्यसपछि पोखरामा रोकिएको पार्टी अभियानलाई पुनः निरन्तरताबारे, आन्तरिक एकता सुदृढीकरण, नेताहरूको कार्यविभाजन, समाजवादी मोर्चालाई थप सक्रिय र विस्तार गर्ने विषयमा गहन छलफल हुने उनले बताए। साथै, स्थायी कमिटी बैठकमा आगामी केन्द्रीय कमिटी बैठकको मिति पनि तय गरिनेछ।

सापकोटाका अनुसार बैठकको अन्त्यमा वर्तमान राजनीतिक सन्दर्भलाई सम्बोधन गर्दै समसामयिक प्रस्तावहरू पारित गरिनेछ।