

नयाँ दिल्ली । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले सन् २०२४ मा विदेश भ्रमणका क्रममा १ अर्ब भारतीय रुपैयाँ खर्च गरेका छन्। यो भारतको इतिहासमै प्रधानमन्त्रीद्वारा एक वर्षमा गरिएको सबैभन्दा ठूलो विदेश भ्रमण खर्च हो।
उक्त वर्ष मोदीले युएई, कतार, भुटान, इटाली, रुस, अष्ट्रिया, लाओस्, पोल्याण्ड, युक्रेन, अमेरिका, ब्राजील र नाइजेरिया गरी १२ वटा देशको भ्रमण गरेका थिए।
सन् २०२५ को पहिलो ७ महिनामा मात्रै उनले १४ वटा देशको भ्रमण गरिसकेका छन्। यस वर्ष उनले घाना, ट्रिनीडाड एण्ड टोबाको, नामिबिया, साइप्रस, क्रोएशिया, साउदी अरेबिया, थाइल्याण्ड, श्रीलंका, फ्रान्स र पुनः अमेरिका भ्रमण गरिसकेका छन्।
विदेश भ्रमणक्रममा मोदीको सुरक्षादेखि लिएर भाडा, कर्मचारी टोली, होटल, विशेष विमानलगायतका व्यवस्थापनमा उल्लेख्य खर्च हुने गरेको छ। हालसम्म सन् २०२५ मा झण्डै एक अर्ब रुपैयाँ खर्च भइसकेको र वर्षको अन्त्यसम्म कम्तीमा २० देश भ्रमण हुने अनुमान गरिएको विश्लेषकहरू बताउँछन्।
राजनीतिक विश्लेषकहरूले मोदीको बढ्दो विदेश भ्रमणलाई विश्वसाथ सम्बन्ध विस्तार र कूटनीतिक प्रभाव सुदृढीकरणसँग जोडेर हेरे पनि यसले राज्यकोषमा परेको बोझबारे प्रश्नहरू पनि उठ्न थालेका छन्।