आज पाँच वटा संसदीय समितिको बैठक बस्दै, यस्तो छ कार्यसूची

आज पाँच वटा संसदीय समितिको बैठक बस्दै, यस्तो छ कार्यसूची

काठमाडौं : संघीय संसदअन्तर्गतका पाँच वटा समितिका बैठकहरू आज सोमबार बस्दै छन्। विभिन्न महत्वपूर्ण विधेयक र विषयमा छलफलका लागि समितिहरू आ-आफ्नो कार्यसूचीअनुसार बैठक सञ्चालन गर्दै छन्।

कानुन, न्याय तथा मानव अधिकार समिति
समय: दिउँसो १ बजे
कार्यसूची: मानव अधिकारसम्बन्धी छैटौं राष्ट्रिय कार्ययोजना (आ.व. २०८२/८३–२०८६/८७) को मस्यौदामाथि प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयसँग छलफल।

कृषि, सहकारी तथा प्राकृतिक स्रोत समिति
समय: बिहान १० बजे
कार्यसूची: भूमि सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयक, २०८२ मा परेका संशोधनहरूबारे संशोधनकर्ताहरूसँग छलफल।

शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समिति
समय: बिहान ११ बजे 
कार्यसूची: मिडिया काउन्सिल विधेयक, २०८० सम्बन्धमा सरोकारवालाहरूसँग अन्तक्र्रिया।

सार्वजनिक लेखा समिति
समय: बिहान ११ बजे (४७औं बैठक)
कार्यसूची: अर्थमन्त्री विष्णु पौडेलको उपस्थितिमा नेपाल सरकारका सबै सचिवहरूसँग समसामयिक आर्थिक विषयमा छलफल।

विधायन व्यवस्थापन समिति
समय: बिहान ११:३० बजे (९९औं बैठक)
कार्यसूची: जलस्रोत विधेयक, २०८१ माथि दफावार छलफल।

यी बैठकहरूमा विविध क्षेत्रका नीतिगत, कानुनी र प्रशासनिक मुद्दामाथि बहस हुने भएकाले सरकारी निकाय, सरोकारवाला र जनप्रतिनिधिहरूको सक्रिय सहभागिता अपेक्षित गरिएको छ।