बागमतीका चार मन्त्रीको राजीनामा, मुख्यमन्त्रीविरुद्ध अविश्वास प्रस्तावको तयारी

बागमतीका चार मन्त्रीको राजीनामा, मुख्यमन्त्रीविरुद्ध अविश्वास प्रस्तावको तयारी

हेटौंडा: बागमती प्रदेश सरकारका चारजना मन्त्रीले एकैपटक राजीनामा दिएका छन्। राजीनामा दिनेमा युवा तथा खेलकुदमन्त्री मिनकृष्ण महर्जन, आन्तरिक मामिला तथा कानुनमन्त्री सुरजचन्द्र लामिछाने, संस्कृति तथा पर्यटनमन्त्री विमल ठकुरी, र सहकारी तथा गरिबी निवारणमन्त्री मधुकुमार श्रेष्ठ रहेका छन्।

यी सबै मन्त्रीहरु नेपाली कांग्रेसका तर्फबाट सरकारमा सहभागी थिए। केही दिनअघि मात्र उनीहरूले पार्टी सभापति शेरबहादुर देउवासँग भेट गरेका थिए।

अविश्वास प्रस्तावको तयारी

मुख्यमन्त्री बहादुर सिंह लामाविरुद्ध नेपाली कांग्रेस संसदीय दलमा अविश्वास प्रस्ताव दर्ता गर्ने तयारी अन्तिम चरणमा पुगेको स्रोतले जनाएको छ। प्रस्तावको ड्राफ्ट तयार भइसकेको र चाँडै संसद सचिवालयमा दर्ता गरिने जानकारी प्राप्त भएको छ। यस घटनाले बागमती प्रदेशमा नयाँ राजनीतिक समीकरणको संकेत गरेको छ।