प्रचण्ड-अोलीबीच ‘वान टू वान’ वार्ता सम्पन्न,संयोजन समितिको बैठकको टुंगो लागेन

प्रचण्ड-अोलीबीच ‘वान टू वान’ वार्ता सम्पन्न,संयोजन समितिको बैठकको टुंगो लागेन

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र एमाले अध्यक्ष केपी शर्मा अोलीबीच ‘वान टू वान’  भेटवार्ता सम्पन्न भएको छ। उनीहरूबीच करीब डेढ घण्टा कुराकानी भएको  थियो। छलफल भएतापनि संयोजन समितिको बैठकको भने टुंगो लागेन।

छलफलपछि दुई नेता अोलीको घरको छतमा देखिएका  थिए। दुवै नेताले के विषयमा छलफल भएको हो? भन्नेबारे भने केही बोलेनन्।

दुई नेताबीच नयाँ सरकार गठनबारे अहिलेको सरकारले बाटो खोल्नुपर्ने विषयमा कुराकानी भएको अोलीका प्रेस संयोजक चेतन अधिकारीले जानकारी दिए। ‘उहाँहरूबीच नयाँ सरकार गठनबारे अहिलेको सरकारले बाटो खुल्ला गर्नुपर्ने विषयमा छलफल भयो,’ उनले भने ‘तर, एकता संयोजन समितिको बैठक भने कहिले हुने टुंगो लागेको छैन।’

दुई नेताबीच पुन: छलफलपछि मात्र संयोजन समितिको बैठकको टुङ्गो लाग्ने उनले बताए। उनले भने ‘पार्टी एकता र संयोजन समितिको बैठकबारे थप छलफल गर्न सम्भवत:  भोलि फेरि बैठक बस्नुहुनेछ।’