

काठमाडौं । चीनसँगको सीमा नजिक उडान भरिरहेको रूसी विमान बिहीबार एयर ट्राफिक कन्ट्रोलको राडारबाट सम्पर्कविहीन भएको छ। साइबेरियामा आधारित एन्गारा एयरलाइन्सको उक्त जहाज ब्लागोभेसचेन्स्कबाट उडेर अमुर क्षेत्रतर्फ गइरहेको थियो।
अन्तर्राष्ट्रिय समाचार संस्था एपीका अनुसार विमानमा ४३ जना यात्रु र ६ जना चालक दल सदस्यसहित कुल ४९ जना सवार थिए। यात्रुहरूमध्ये पाँच जना बालबालिका रहेको क्षेत्रीय गभर्नर भासिली ओर्लोभले जानकारी दिएका छन्।
विमान सम्पर्कविहीन भएपछि खोजी कार्य सुरु गरिएको छ। गभर्नर ओर्लोभले टेलिग्राममार्फत लेखेका छन्, “जहाजको खोजीमा सबै सम्बन्धित निकायहरू परिचालन गरिएका छन्।”
हालसम्म विमानको अवस्थाबारे थप विवरण सार्वजनिक गरिएको छैन।