नेपालको निर्यात ८१.८० प्रतिशतले वृद्धि – प्रधानमन्त्री ओली

नेपालको निर्यात ८१.८० प्रतिशतले वृद्धि – प्रधानमन्त्री ओली

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले चालु आर्थिक वर्षमा नेपालको निर्यातमा ऐतिहासिक वृद्धि भएको दाबी गरेका छन्। बिहीबार सामाजिक सञ्जाल फेसबुकमार्फत एक सन्देश सार्वजनिक गर्दै प्रधानमन्त्री ओलीले चालु वर्षमा २ खर्ब ७७ अर्ब ३ करोड २ लाख रुपैयाँ बराबरको वस्तु तथा सेवाको निर्यात भएको उल्लेख गरेका छन्।

उनका अनुसार अघिल्लो वर्ष नेपालको कुल निर्यात १ खर्ब ५२ अर्ब ३८ करोड १२ लाख रुपैयाँ थियो। त्यसको तुलनामा यस वर्ष ८१.८० प्रतिशतको वृद्धि भएको छ।

प्रधानमन्त्री ओलीले लेखेका छन्, “यस वर्ष निर्यातमा इतिहासकै उच्च बिन्दु हासिल भएको छ। हामी सरकारमा आउनु अघि अघिल्लो वर्ष १ खर्ब ५२ अर्ब ३८ करोड १२ लाख रुपैयाँको मात्र निर्यात भएको थियो, अहिले ८१.८० प्रतिशतले वृद्धि हुँदै २ खर्ब ७७ अर्ब ३ करोड २ लाख रुपैयाँ पुगेको छ।”

उनले यो उपलब्धिलाई सरकारको आर्थिक कूटनीति, उत्पादन क्षमता वृद्धिलगायत नीतिगत सुधारको परिणामको रूपमा व्याख्या गरेका छन्।