जग्दुल्ला जलविद्युत् आयोजनाको ठेक्का प्रक्रिया अगाडि बढाउन लेखा समितिको निर्देशन

जग्दुल्ला जलविद्युत् आयोजनाको ठेक्का प्रक्रिया अगाडि बढाउन लेखा समितिको निर्देशन

काठमाडौँ । सार्वजनिक लेखा समितिले जग्दुल्ला जलविद्युत् आयोजनाको ठेक्का प्रक्रियामा देखिएको ढिलाइ र अनियमितताका विषयमा बुधबार भएको छलफलपछि ठेक्का प्रक्रिया अगाडि बढाउन सम्बन्धित निकायलाई निर्देशन दिएको छ।

समिति सभापति ऋषिकेश पोखरेलले भने, “जग्दुल्ला जलविद्युत् आयोजनाको ठेक्का प्रक्रिया सर्वोच्च अदालतमा विचाराधीन मुद्दा रहेको भए पनि, प्रचलित कानुन विपरीत नहुने गरी सम्बन्धित निकायलाई जबाफदेही हुने गरी आवश्यक प्रक्रिया अगाडि बढाउन निर्देशन दिइएको छ।”

उनले थपे, “सर्वोच्च अदालतमा मुद्दा विचाराधीन अवस्थामा रहेकोले समितिले यस विषयमा थप छलफल नगर्ने निर्णय गरेको छ। तर, कानुनी दायराभित्र आवश्यक सबै प्रक्रिया पूरा गरी ठेक्का प्रक्रिया अगाडि बढाउन निर्देशन दिने निर्णय गरेको छौँ।”