सरकारद्वारा मधेश प्रदेश ‘विपद् संकटग्रस्त क्षेत्र’ घोषणा

सरकारद्वारा मधेश प्रदेश ‘विपद् संकटग्रस्त क्षेत्र’ घोषणा

काठमाडौँ । सरकारले मधेस प्रदेशलाई आगामी तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा गरेको छ। बुधबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले यस निर्णय गरेको

विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन ऐन २०७४ को दफा ३२ बमोजिम राजपत्रमा सूचना प्रकाशित हुने मितिबाट तीन महिनाका लागि मधेस प्रदेशलाई विपद् संकटग्रस्त क्षेत्र घोषणा गरिनेछ।

मधेस प्रदेशमा यस वर्ष अनावृष्टिका कारण जमिनमा पानीको कमी भएको छ, जसले खानेपानी र सिँचाइ प्रणालीमा असर पुर्याएको छ। भूमिगत पानीको मुहान सुक्दै गएका छन् भने नदी र पोखरीहरूमा पनि पानीको कमी देखिएको छ। यसले मधेसका आठ जिल्लामा गम्भीर समस्या निम्त्याएको हुँदा प्रदेशलाई संकटग्रस्त क्षेत्र घोषणा गरिएको हो।

यसअघि पनि मधेस प्रदेश सरकारले आफूले प्रदेशलाई सुख्खाग्रस्त क्षेत्र घोषणा गरेको थियो।