

काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट परिषद (ICC) ले नेपाललाई ‘आईसीसी डिजिटल फ्यान इनगेजमेन्ट अफ दि इयर २०२४’ अवार्ड प्रदान गरेको छ। सिंगापुरमा आयोजित आइसिसीको वार्षिक साधारण सभामा नेपाल क्रिकेट संघ (क्यान) लाई यो सम्मान प्रदान गरिएको हो।
आईसीसी अध्यक्ष जय शाहले क्यानका अध्यक्ष चतुरबहादुर चन्द, सचिव पारस खड्का र कोषाध्यक्ष पदम खड्कालाई अवार्ड हस्तान्तरण गरेका थिए।
आईसीसी विकास श्रेणी अवार्ड अन्तर्गत यो अवार्ड नेपालले दोस्रोपटक प्राप्त गरेको हो। यसपटक नेपाल एसिया क्षेत्रको विजेता बन्दै विश्वव्यापी (ग्लोबल) छनोटमा प्रवेश गरेको थियो।
ग्लोबल छनोटमा रहेका अन्य देशहरूमाः
अफ्रिकाबाट – नामिबिया
अमेरिकाबाट – बर्मुडा
इस्ट एसिया प्यासिफिकबाट – इन्डोनेसिया
यी क्षेत्रीय विजेताहरूमध्ये नेपालले उत्कृष्टता प्रदर्शन गर्दै डिजिटल माध्यममार्फत प्रशंसकहरूसँग उत्कृष्ट अन्तर्क्रिया (fan engagement) गरेको मानिँदै यो सम्मान जितेको हो।