बाजुरा, २ असाेज । बाजुराको गौमूल गाउँपालिका क्षेत्रभित्र मदिरा सेवन गर्न मन लागे गाउँपालिका कार्यालयलाई जानकारी हुनैपर्छ ।जानकारी मात्रै होइन, कार्यालयले जारी गरेको परिचयपत्रबिना मदिरा सेवन गरे दण्डसजाय नै भोग्नुपर्छ । गाउँसमाजमा छाडा रूपमा हुने मदिरा सेवनले पूरै समाज बिगार्ने गरेको निष्कर्षपछि गाउँपालिकाले सेवनकर्ताले परिचयपत्र लिनुपर्ने नियम बनाएको हो । याे खबर अाजकाे कान्तिपुर दैनिकबाट लिएका हाैँ ।
‘गाउँमा जति पनि झैझगडा र कुटपिटका घटना हुन्छन्, ती सबैका पछाडि मदिरा सेवन मुख्य कारण हुने गरेको देखियो,’ गाउँपालिका अध्यक्ष हरिबहादुर रोकाया भन्छन्, ‘परिचयपत्र लिनुपर्ने नियम लागू भएपछि यस्ता घटना न्यूनीकरण हुनेछन् ।’