

काठमाडौं : अहिलेको व्यस्त जीवनशैली, असन्तुलित खानपान र तनावका कारण धेरैजसो मानिस पेटसम्बन्धी समस्याबाट पीडित छन्। तीमध्ये पेट सफा नहुनु अर्थात् कब्जियत एक सामान्य र व्यापक समस्या हो, जसले पाचन प्रणाली मात्र होइन, सम्पूर्ण स्वास्थ्यलाई असर पुर्याउँछ।
विशेषज्ञहरूका अनुसार कब्जियतका कारण पेट भारी हुने, दुख्ने, चिडचिडाहट बढ्ने र शरीर थकित महसुस हुनेजस्ता समस्याहरू देखिन्छन्। यस्तो अवस्थामा एक सरल र आयुर्वेदिक उपाय प्रभावकारी हुन सक्छ-राति सुत्नुअघि नाइटो (नाभि) मा क्यास्टर तेल लगाउने।
पोषणविद्हरूका अनुसार नाइटो शरीरको केन्द्रीय बिन्दु हो, जहाँबाट सयौं स्नायुहरू विभिन्न अंगहरूसम्म फैलिएका हुन्छन्। त्यसैले नाभिमा तेल लगाउँदा केवल छालामा मात्र होइन, गहिरो रूपमा भित्रसम्म असर पुग्छ।
आयुर्वेद अनुसार, राति सुत्नुअघि २–३ थोपा क्यास्टर तेल नाइटोमा लगाउँदा:
-पाचन प्रणाली बलियो हुन्छ,
-बिहान दिसा पिसाब गर्न सजिलो हुन्छ,
-पेट फुल्ने र कब्जियतजस्ता समस्या घट्छन्।
-छालाको हाइड्रेशन: नाइटोमा तेल लगाउँदा छाला चिल्लो, सफा र चम्किलो देखिन्छ।
-महिनावारीको पीडा कम: महिलाहरूका लागि विशेष फाइदाजनक मानिएको यो विधिले महिनावारीका बेला हुने पेट दुखाइ र क्र्याम्प कम गर्न मद्दत गर्दछ।
-शरीर डिटक्स: क्यास्टर तेलले लिम्फेटिक प्रणालीलाई सक्रिय बनाउँछ, जसले शरीरबाट विषाक्त पदार्थ हटाउन सहयोग गर्छ।
-गहिरो दुखाइमा राहत: आयुर्वेदिक दृष्टिले नाइटोमा लगाइएको तेलको प्रभाव शरीरका विभिन्न भागमा पुग्ने हुँदा गहिरो दुखाइहरू समेत कम हुन सक्छन्।
सस्तो, सुरक्षित र प्राकृतिक यो विधि कुनैपनि औषधिबिना कब्जियत, पेट फुल्ने, र पाचन समस्या समाधान गर्न सक्ने उपाय हो। यदि तपाईं पनि पेटसम्बन्धी समस्याबाट पीडित हुनुहुन्छ भने, आजैदेखि राति सुत्नुअघि नाइटोमा क्यास्टर तेल लगाउने अभ्यास सुरु गर्न सक्नुहुन्छ।