

काठमाडौं । मंगलबार सेयर बजारमा उत्साहजनक सुधार देखिएको छ। नेप्से परिसूचक ३४.४६ अंकले वृद्धि भई २,७६० अंकमा पुगेको छ, जुन १.२६ प्रतिशतको वृद्धिदर हो।
कारोबार रकम पनि उल्लेखनीय रूपमा बढेको छ। अघिल्लो दिन ८ अर्ब १७ करोड रुपैयाँको कारोबार भएको थियो भने आजको कारोबार ९ अर्ब ४१ करोड रुपैयाँ पुगेको नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले जनाएको छ।
कुल २०९ कम्पनीको सेयर मूल्य बढ्दा ३९ वटा कम्पनीको मूल्य घटेको छ। बाँकी कम्पनीहरूको मूल्य स्थिर रह्यो।
बजारका सबै समूहगत सूचकहरू सकारात्मक देखिएका छन्। विशेषगरी बैंकिङ समूहमा सर्वाधिक १.८१ प्रतिशतले वृद्धि भएको हो। अन्य समूहहरूको वृद्धिदर यसप्रकार छ:
विकास बैंक : १.२२%
फाइनान्स : १.७९%
होटल तथा पर्यटन : ०.९३%
हाइड्रोपावर : १.७१%
लगानी : १.०८%
जीवन बीमा : ०.६८%
निर्जीवन बीमा : ०.७६%
माइक्रोफाइनान्स : १.२८%
उत्पादन तथा प्रशोधन : ०.८८%
अन्य : ०.५२%
व्यापार : ०.८५%
सबैभन्दा धेरै वृद्धि भएका कम्पनीहरू:
सुपर मादी हाइड्रोपावर : ८.०८%
राप्ती हाइड्रो : ५.८६%
भूगोल इनर्जी : ५.७१%
ओम मेगाश्री फर्मास्युटिकल्स : ५.४३%
सबैभन्दा बढी गिरावट भएका कम्पनीहरू:
भगवती हाइड्रोपावर : -४.६४%
शुभम् पावर : -३.३३%
चिरख्वा हाइड्रोपावर : -३.२६%
सप्तकोशी विकास बैंक : -२.८२%
आज सेयर बजारमा सबैभन्दा धेरै कारोबार भएका शीर्ष ५ कम्पनी:
बुटवल पावर कम्पनी
निफ्रा हरित ऊर्जा ऋणपत्र
राधी विद्युत् कम्पनी
एनआईसी एशिया बैंक
एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्ट लिमिटेड
आज सेयर बजारको कुल पूँजीकरण ४५ खर्ब ९९ अर्ब रुपैयाँ पुगेको छ।