दाङमा नदीमा डुबेर र मोटरसाइकल दुर्घटनामा चार किशोरको मृत्यु

दाङमा नदीमा डुबेर र मोटरसाइकल दुर्घटनामा चार किशोरको मृत्यु

देउखुरी : दाङ जिल्लामा भएका छुट्टाछुट्टै दुःखद घटनामा चार किशोरको मृत्यु भएको छ। एक घटनामा बबई नदीमा डुबेर दुई जना किशोरको ज्यान गएको छ भने अर्काे घटनामा मोटरसाइकल दुर्घटनामा दुई किशोरको मृत्यु भएको हो।

बबई नदीमा डुबेर मृत्यु
बबई गाउँपालिका–४ पुरन्धारा छहरानजिकै पौडी खेल्ने क्रममा डुबेर मृत्यु हुने दुई किशोर हुन्:
– विधान केसी (१७), तुलसीपुर उपमहानगरपालिका–२
– कुशल बुढामगर (१६), सोही ठाउँका

साथीसँग पौडी खेल्न गएका उनीहरू डुबेर हराएका थिए। हापुरे इलाका प्रहरी कार्यालयका प्रमुख देव केसीका अनुसार शव परीक्षणका लागि राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा राखिएको छ।

मोटरसाइकल दुर्घटनामा मृत्यु
दाङकै रामपुर–घोराही सडकखण्डअन्तर्गत सिस्नेखोला पुल नजिक मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा दुई किशोरको मृत्यु भएको हो। मृतकहरू हुन्:
– रोहित विक (१८), गढवा गाउँपालिका–८
– निशान विक (१६), सोही स्थानका

रा७प ३२७० नम्बरको मोटरसाइकल रामपुरबाट घोराहीतर्फ आउँदै गर्दा बेलुका ७ बजे अनियन्त्रित भई दुर्घटना भएको थियो। दुवैलाई उपचारका लागि राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान, घोराही लगिएको भए पनि सोमबार साँझ मृत्यु भएको प्रहरी प्रवक्ता चक्रबहादुर शाहले जानकारी दिए। दुवै घटनामा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।