सरकारको एक वर्ष : कामप्रति प्रधानमन्त्रीको सकारात्मक मूल्यांकन

सरकारको एक वर्ष : कामप्रति प्रधानमन्त्रीको सकारात्मक मूल्यांकन

काठमाडौं । नेकपा एमाले र नेपाली कांग्रेसको गठबन्धनमा बनेको सरकारले एक वर्ष पूरा गरेको अवसरमा प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारको कामप्रति सकारात्मक मूल्यांकन गरेका छन्।

एक वर्षको उपलब्धि सार्वजनिक गर्दै प्रधानमन्त्री ओलीले मुलुकको आर्थिक सूचकाङ्कहरू सुधारोन्मुख रहेको र विकासका राष्ट्रिय आयोजनाहरूले गति लिएको दाबी गरे।

“हामी सरकारमा आएको एक वर्ष पुग्दै छ। यसबीचमा आर्थिक सूचकाङ्कहरू सकारात्मक छन् भने राष्ट्रिय आयोजना समयसीमा तोकी कार्यान्वयनतर्फ अघि बढेका छन्,” प्रधानमन्त्री ओलीले भने।

उनका अनुसार, काममा परिणाम खोज्ने अभ्यास र निश्चित समयसीमा तोकेर अगाडि बढ्ने संस्कार सुरु गरिएको छ।

नागरिकलाई प्रवाह गरिने सेवामा सरलता ल्याउन केही महत्त्वपूर्ण कानुनहरू संशोधन गरिएको उल्लेख गर्दै ओलीले सेवा प्रवाहमा ‘लाइन होइन, अनलाइन’ बाट काम गर्ने अभ्यास बढ्दै गएको बताए।

“अब नागरिकले सरकारी सेवा लिन लामो लाइन बस्नुपर्ने अवस्था हट्दैछ। अधिकांश काम अनलाइनबाट हुने प्रणालीतर्फ अघि बढिरहेका छौँ,” ओलीको भनाइ छ।

प्रधानमन्त्री ओलीले अझै पनि गर्नुपर्ने काम धेरै बाँकी रहेको स्वीकार्दै सरकार ती कामहरूलाई प्राथमिकताका साथ अघि बढाइरहेको बताए।