टी-२० विश्वकप छनोटका लागि क्यानले ३२ खेलाडीलाई बन्द प्रशिक्षणमा बोलायो

टी-२० विश्वकप छनोटका लागि क्यानले ३२ खेलाडीलाई बन्द प्रशिक्षणमा बोलायो

काठमाडौं : नेपाल क्रिकेट संघ (क्यान) ले सन् २०२६ मा हुने आईसीसी टी–२० विश्वकपको एसिया तथा इष्ट एसिया–प्यासिफिक क्षेत्रीय छनोटका लागि ३२ खेलाडीलाई प्रारम्भिक चरणको बन्द प्रशिक्षणमा बोलाएको छ।

क्यानले आइतबार एक विज्ञप्ति जारी गर्दै आगामी छनोट प्रतियोगिताको तयारीस्वरूप खेलाडीहरूलाई प्रशिक्षणमा बोलाएको हो। लामो समयपछि आलिद आलमले पनि प्रतिबन्ध फुकुवा भएपछि पहिलोपटक क्याम्पमा पुनरागमन गरेका छन्।

म्याच फिक्सिङको आरोपमा राष्ट्रिय टिमबाट टाढा रहेका आलमलाई अदालतले सफाइ दिएपछि क्यानले उनको प्रतिबन्ध हटाएको थियो। अब उनी फेरि राष्ट्रिय टोलीको प्रतिस्पर्धामा फर्किएका छन्।

बन्द प्रशिक्षणमा बोलाइएका ३२ खेलाडीहरू:
रोहित पौडेल, दीपेन्द्र सिंह ऐरि, सन्दीप लामिछाने, कुशल भुर्तेल, कुशल मल्ल, आकाश चन्द, अनिल शाह, आरिफ शेख, विवेक यादव, आशिफ शेख, नन्दन यादव, मोहम्मद आदिल आलम, भिम सार्की, करण केसी, पवन सर्राफ, गुल्सन झा, सोमपाल कामी, सन्दीप जोरा, रुपेश सिंह, रिजन ढकाल, शेर मल्ल, बसिर अहमद, प्रतिश जिसी, शुभ कंसाकार, साहव आलम, ललित राजवंशी, अर्जुन घर्ती, युवराज खत्री, कमल सिंह ऐरि, लोकेश बम, किरण ठगुन्ना र सागर ढकाल।

क्यानले छनोट प्रक्रिया र तयारीलाई अझ व्यवस्थित र प्रतिस्पर्धात्मक बनाउने उद्देश्यले प्रारम्भिक चरणको प्रशिक्षण प्रारम्भ गर्न लागेको जनाएको छ।