

काठमाडौं । नेपाली कांग्रेसको अनुशासन समितिले पार्टी हितविपरीत गतिविधिमा संलग्न २६ जना नेता तथा कार्यकर्तालाई सचेत गराएको छ।
समितिका संयोजक आनन्द ढुङ्गानाका अनुसार, गत निर्वाचनमा पार्टी तथा पार्टीले समर्थन गरेका उम्मेदवारविरुद्ध उम्मेदवार बनेका वा तिनका प्रस्तावक/समर्थक बनेको उजुरीका आधारमा उनीहरूलाई सचेत गराइएको हो।
सचेत गराइएका जिल्ला अनुसार:
सल्यान – ११ जना
डोल्पा – १० जना
कञ्चनपुर – २ जना
दैलेख, खोटाङ र धनुषा – जनही १ जना
तीमध्ये धेरैजसोमाथि पहिले कारबाही भइसकेको र फुकुवाका लागि निवेदन दिइएको समितिले जनाएको छ।
पुनरावेदन निवेदन दिनेहरूको संख्या यसप्रकार छ:
कोशी प्रदेश – १७
मधेश प्रदेश – २३
बागमती प्रदेश – ४
गण्डकी प्रदेश – ३
लुम्बिनी प्रदेश – ३६
कर्णाली प्रदेश – ४
सुदूरपश्चिम प्रदेश – १
जम्मा – ८८ जनाले कारबाही फुकुवाका लागि निवेदन दिएका छन्।