आईसीसी टी-२० विश्वकप छनोट : नेपाल समूह-२ मा

आईसीसी टी-२० विश्वकप छनोट : नेपाल समूह-२ मा

काठमाडौं । आगामी अक्टोबरमा ओमनमा हुने आईसीसी टी–२० विश्वकप एसिया तथा इस्ट एसिया–प्यासिफिक क्षेत्रको छनोटमा नेपाल समूह-२ मा परेको छ।

समूह-२ मा नेपालसहित कुवेत र जापान रहेका छन्। छनोटमा सहभागी नौ टोलीलाई तीन समूहमा विभाजन गरिएको छ। समूह-१ मा युएई, मलेसिया र कतार छन् भने समूह-३ मा आयोजक ओमन, पपुवा न्यूगिनी र सामोआ रहेका छन्।

तीनवटै समूहबाट शीर्ष दुई टोलीले सुपर-६ मा स्थान बनाउनेछन्। सुपर-६ मा स्थान बनाउने शीर्ष तीन टोलीले सन् २०२६ मा भारत र श्रीलंकामा हुने आईसीसी टी–२० विश्वकपमा स्थानका लागि छनोट खेल्ने अवसर पाउनेछन्।

छनोट प्रतियोगिता अक्टोबर ८ देखि १७ सम्म ओमनमा आयोजना हुनेछ। नेपालले आफ्नो पहिलो खेल अक्टोबर ८ मा कुवेतसँग र दोस्रो खेल अक्टोबर १० मा जापानसँग खेल्नेछ।