नयाँ सरकार गठन पूर्व दुई पार्टीबीच एकीकरणको विषयमा आज हुने भनिएको नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली र नेकपा माओवादी अध्यक्ष पुष्पकमल दाहालबीचको महत्वपूर्ण बैठक एकाएक स्थगित भएको छ।
दुई दलका नेताबीच आज अपरान्ह ३ बजे एक्लाएकल्लै बार्तापछि पार्टी समायोजन समितिको बैठक बस्ने बताइएको थियोे।
चारदिनदेखि चितवन, पर्सा लगायतका जिल्ला भ्रमणमा व्यस्त रहेका नेकपा माओवादी केन्द्रका अध्यक्ष दाहाल अपरान्ह राजधानी फर्किएपनि कुनै राजनीतिक भेटघाट र वार्ताका लागि तयार नभएपछि उनलाई कुरेर बसेका एमाले अध्यक्ष ओेली सशंकित हुने स्थिति उत्पन्न भएको छ।
चितवनको भरतपुरबाट काठमाडौं विमानस्थलमा ओर्लिएलगत्तै माओवादी अध्यक्ष आफ्नो निवासमा पुगेका छ।
दाहालको आगमनसँगैै दुई दलका नेताबीचको वार्ताबारे समाचारको पर्खाइमा रहेको पत्रकार तथा सर्वसाधारणको जानकारीका लागि दाहालका प्रेस सहयोगी मनहरी तिमिल्सिनाले आफ्नोे फेसबुक मार्फत बैठकको सम्भावना नभएको जानकारी दिएका हुन्।
‘आज अध्यक्ष प्रचण्डको कुनै बैठक वा भेटघाटको कार्यतालिका नरहेको व्यहोरा सञ्चारकर्मी मित्रहरुलाई जानकारी गराउँदछु,’ तिमिल्सिनाले आफ्नो फेसवुक मार्फत भनेका छन्।
प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचन पूर्व दुई दलका नेताहरुबीच भएको सहमति अनुसार चुनाव लगत्तै दुई दलबीच पार्टी एकीकरण गर्दै सरकार र पार्टीको नेतृत्व दुई नेताले आलोपालोे गरी लिने बताइएको थियो।
तर, निर्वाचनमा एकआपसको साथ र समर्थनमा उत्साहजनक सफलता प्राप्त गरेका यी दुई दलमध्ये एमालेका अधिकांश नेताहरुले पार्टी र सरकारको नेतृत्वमा आपसी भागवण्डा गर्ने कुनै सहमति नभएको भन्दै सरकार र पार्टीको नेतृत्व एमाले अध्यक्ष ओलीले नै गर्ने सार्वजनिक अभिव्यक्ति दिँदै आएपछि यसको असर माओवादीभित्र पर्न थालेको छ।
त्यसैका आधारमा विभिन्न संचार माध्यमले दुई दलबीच एकीकरणको सम्भावना टर्नसक्ने भन्दैै प्रकासित गरेकोे समाचारप्रति माओवादी अध्यक्ष दाहालले सोमबार खण्डन गर्दै एकता हुने बताएपनि आज उनको पर्खाइमा बसेका एमाले अध्यक्ष ओलीसँग भेटवार्तामा नगएपछि यसले थप अन्यौलता उत्पन्न गराएको छ।