सर्वोच्चमा तीन न्यायाधीश नियुक्त

सर्वोच्चमा तीन न्यायाधीश नियुक्त

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले न्याय परिषद्को सिफारिसमा आधारित भएर तीन जना न्यायाधीशलाई सर्वोच्च अदालतमा नियुक्त गरेका छन्।

नियुक्त हुनेहरूमा
– वरिष्ठ अधिवक्ता मेघराज पोखरेल,
– उच्च अदालत जनकपुरका मुख्य न्यायाधीश श्रीकान्त पौडेल र
– उच्च अदालत दिपायलका मुख्य न्यायाधीश शान्तिसिंह थापा रहेका छन्।

राष्ट्रपति कार्यालयकी प्रवक्ता शैलजा रेग्मी भट्टराईका अनुसार, संविधानको धारा १२९(२) बमोजिम राष्ट्रपति पौडेलले सोमबार उनीहरूलाई सर्वोच्च अदालतको न्यायाधीशमा नियुक्त गरेका हुन्।