

काठमाडौँ । नेपाल राष्ट्र बैंकका गभर्नर डा. विश्व पौडेलले बैंकहरूले ऋण प्रवाह गर्दैमा मात्र व्यवसायी सफल नहुने बताएका छन्। आइतबार बसेको संघीय संसदको अर्थ समितिको बैठकमा बोल्दै गभर्नर पौडेलले व्यवसाय र कृषिमा सफलता प्राप्त गर्न सीप र क्षमता समेत अत्यावश्यक भएको धारणा राखे।
“बैंकमा तरलता पर्याप्त छ, तर माग उत्पन्न हुन सीप, क्षमता र योजना हुन जरुरी छ,” उनले भने, “मृगको सङ्ख्या नबढाई बाघको सङ्ख्या बढ्दैन। त्यसैले ऋण दिँदैमा व्यवसायी सफल हुन्छन् भन्ने हुँदैन।”
गभर्नर पौडेलले आर्थिक विकासमा नेतृत्वदायी भूमिका वित्तीय नीतिले नै लिने बताउँदै भने, “देशको विकास अघि बढाउने भनेको वित्तीय नीति नै हो। वित्तीय नीतिले लिड लिएपछि मात्रै
उनले विगतमा केन्द्रीय बैंकको ध्यान वित्तीय संस्थाहरूको बैलेन्स सिटमा मात्रै केन्द्रित हुने गरेको स्मरण गराउँदै पछिल्लो सय वर्षदेखि मात्र अर्थशास्त्रीय सोचमा आधारित नीतिगत हस्तक्षेप सुरु भएको बताए।
गभर्नर पौडेलले पछिल्ला तीन दशकमा बैंकिङ प्रणालीमा थुप्रै प्रयोग गरिएको उल्लेख गर्दै ऋण प्रवाहको मात्राले मात्र आर्थिक गतिविधि बृद्धि नहुने पनि स्पष्ट पारे।