सुदूरपश्चिममा सरकार संकटमा, नागरिक उन्मुक्ति पार्टीको समर्थन फिर्ता

सुदूरपश्चिममा सरकार संकटमा, नागरिक उन्मुक्ति पार्टीको समर्थन फिर्ता

कैलाली । सुदूरपश्चिम प्रदेश सरकार संकटमा परेको छ। नागरिक उन्मुक्ति पार्टीले आज दिउँसो १२ बजे बसेको संसदीय दलको बैठकमार्फत प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ।

संसदीय दलका नेता घनश्याम चौधरीका अनुसार, पार्टीको केन्द्रिय निर्णयअनुसार सुदूरपश्चिम सरकारलाई दिइएको समर्थन फिर्ता लिएको हो। यो निर्णयसँगै मुख्यमन्त्री कमल बहादुर शाह नेतृत्वको गठबन्धन सरकार अल्पमतमा पर्ने सम्भावना देखिएको छ।

यसअघि, प्रदेश सरकारमा सहभागी नागरिक उन्मुक्तिका मन्त्री रामेश्वर चौधरीलाई मुख्यमन्त्री शाहले बर्खास्त गरेपछि पार्टीले असन्तुष्टि जनाएको थियो।

पार्टी अध्यक्ष रञ्जिता श्रेष्ठले शाहको कदम गठबन्धन संस्कृतिविपरीत भएको आरोप लगाउँदै मन्त्रिपरिषद्को निर्णयमा सहभागी गराइनु नपाएको तथा कुनै परामर्शविना चौधरीलाई हटाइएको भन्दै आपत्ति जनाएकी थिइन्।

अब सरकारको बहुमत कायम गर्न मुख्यमन्त्री शाहले नयाँ समीकरण खोज्नुपर्ने दबाब बढेको छ।