

काठमाडौं । मलेसियामा जारी एसीसी यू-१६ इस्ट जोन क्रिकेट प्रतियोगितामा नेपालले शानदार प्रदर्शन जारी राख्दै भुटानलाई २९८ रनको फराकिलो अन्तरले पराजित गरेको छ।
नेपालले टस जितेर पहिले ब्याटिङ गर्दै रौनक श्रीवास्तवको कीर्तिमानी १६८ रनको मद्दतमा ३५८ रनको विशाल लक्ष्य दिएको थियो। जवाफी ब्याटिङमा भुटान ३२.४ ओभरमा मात्र ६० रनमै सीमित भयो।
कप्तान विपिन शर्माले घातक बलिङ गर्दै ७ रन खर्चमा ४ विकेट लिए। भुटानका केवल दुई ब्याटरले मात्र दोहोरो अंकमा रन बनाउन सके। घाइते अन्तिम ब्याटर नआएपछि ९ विकेटमै इनिङ समाप्त भएको घोषणा गरियो।
यो जितसँगै नेपालले प्रतियोगितामा लगातार चौथो जित हात पार्दै सेमिफाइनलमा स्थान सुरक्षित गरेको छ।