पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीद्वारा सरकारी सेवासुविधा फिर्ता गर्ने तयारी

पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीद्वारा सरकारी सेवासुविधा फिर्ता गर्ने तयारी

काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले आफ्ना सबै सरकारी सेवासुविधा फिर्ता गर्ने तयारी गरेकी छन्। नेकपा एमालेको राजनीतिमा पुनः सक्रिय बनेकी भण्डारीले पूर्व राष्ट्र प्रमुखको सुविधा लिएर सक्रिय राजनीतिमा रहँदा उठ्न सक्ने प्रश्नलाई मध्यनजर गर्दै सो कदम चाल्न लागेकी हुन्।

निकट स्रोतका अनुसार उनले आगामी १ साउनदेखि लागू हुने गरी गृह मन्त्रालयमा सेवा फिर्ताको पत्र पठाउने तयारी गरिरहेकी छन्। शनिबारै सार्वजनिक कार्यक्रमबाट घोषणा गर्ने भनिए पनि “स्टन्टबाजी” नगर्ने सोचसहित औपचारिक प्रक्रियामार्फत फिर्ता गर्न लागिएको हो।

भण्डारीनिकट एक एमाले नेताले भने, “उहाँले सस्तो प्रचार नहोस् भनेर प्रचारबिना सेवा सुविधा फिर्ता गर्ने निर्णय गर्नुभएको हो।” शीतल निवासबाट बाहिरिएयता भण्डारीले सरकारबाट प्रदान हुने तलब तथा निवास खर्चसमेत नलिएको स्रोतले जनाएको छ।