

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई) २०८१ को नतिजा सार्वजनिक गरेको छ। शुक्रबार साँझ बसेको बोर्डको बैठकले कक्षा १० को एसईई परीक्षाको नतिजा सार्वजनिक गर्ने निर्णय गरेको हो।
बोर्डका अनुसार यस वर्षको परीक्षामा ६१.८१ प्रतिशत विद्यार्थी ग्रेडेड भएका छन्। चालु शैक्षिक सत्रको एसईई परीक्षा २०८१ चैत ७ गतेदेखि सञ्चालन गरिएको थियो।
सार्वजनिक गरिएको नतिजा अनुसार ४८ हजार १७७ जना विद्यार्थीले ३.६ देखि ४.० जिपिए ल्याएका छन् । त्यस्तै ३.२ देखि ३.६ जिपिए ल्याउने ८१ हजार ३८५ जना, २.८ देखि ३.२ जिपिए ल्याउने ८९ हजार १२४ जना, २.४ जिपिए देखि २.८ जिपिएसम्म ल्याउने ४८ हजार ४७९ जना, २ जिपिएदेखि २.४ जिपिए ल्याउने चार हजार १२६ जना र १.६ देखि २ जिपिए ल्याउने ८ जना विद्यार्थी वर्गीकृत भएका छन् ।
१२६ जना परीक्षार्थीको परीक्षा रद्ध गरिएको बोर्डका अध्यक्ष डाक्टर महाश्रम शर्माले जानकारी दिए । १ लाख ६७ हजार ५९७ विद्यार्थीको नतिजा अबर्गिकृत भएको छ ।