साप्ताहिक राशिफल: भाद्र ३१ गतेदेखि आश्विन ६ गतेसम्मकाे फलादेश

साप्ताहिक राशिफल: भाद्र ३१ गतेदेखि आश्विन ६ गतेसम्मकाे फलादेश

मेष राशिः (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)

जोखिम र संकट जनाउने आठौं भावमा रहेको बृश्चिक राशिको चन्द्रमाका साथमा साताको प्रारम्भ भएको छ । त्यसैले यो साता व्यापारीहरूले हानी व्यहोर्नु पर्छ र कर्मचारीले अपजस व्यहोर्नु पर्छ । छात्रछात्रा रमाइलोमा भुलिने छन् । तर सोमबार भाग्यभावमा चन्द्रमाको प्रवेश हुने हुँदा साताको उत्तरार्द्ध शुभ छ । सप्ताहान्तमा मान्यजन र अभिभावक वर्गको सहयोगमा रोकिएका काम सम्पादन गर्न सघाउ पुग्नेछ । नयाँ ठाउँमा धन लगानी गर्ने वातावरण बन्नेछ । हाकिम, मातापिता वा विशिष्ट व्यक्तिको विचारले प्रभावित तुल्याउन सक्छ । नोकरी अथवा व्यवसायसँग सम्बद्ध कुनै ठोस परिणाम देखा पर्नेछन् । तपाईंका सम्पूर्ण उद्यम र परिश्रमको राम्रो प्रतिफल प्राप्त हुनेछ । भाइबहिनी वा सन्ततिका तर्फबाट खुशीको खबर प्राप्त हुने छ । आर्थिक रूपमा सबल हुनुहुनेछ, कारोबारमा गतिशीलता आउने छ र व्यवसायबाट लाभ हुनेछ । मायाप्रेमका लागि समय जुट्ने छ । पठनपाठनमा प्रगति हुनेछ । त्यसैले सुरुमा संयम र धैर्य हुन सकेमा यो साता नराम्रो हुनेछैन ।

वृष राशिः (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)

मनोरञ्जनात्मक क्रियाकलापका साथमा साताको प्रारम्भ हुनेछ । जीवनसाथी वा विपरीतलिंगी मित्रसँग मन फुकाएर आफ्ना कुरा राख्नका लागि राम्रो छ । घरमा माङ्गलिक कृत्य सम्पादन गर्ने समयसमेत छ । सोमबारदेखि बुधवारसम्म अष्टम भावमा चन्द्रमा रहने छ, शरीरमा आलस्य र थकानको अनुभव हुनेछ । अप्रिय समाचार सुन्नु पर्दा मन खिन्न हुने स्थिति आउने छ । धन, धर्म र भाग्यमा हानी पुग्ने सम्भावना छ । गर्नु नपर्ने काम बढी समय लगाएर गर्नु पर्ला । तर साताको अन्त्य अनुकूल नै हुने सङ्केत छ, कतै लामो दूरीको लाभदायी यात्रा गर्नु छ भने राम्रो हुन्छ । सामाजिक उत्तरदायित्व वहन गर्ने समय छ । परोपकार र धार्मिक क्षेत्रमा लगानी गरेमा अझ राम्रो हुनेछ । नयाँ काम र जिम्मेवारी हात पार्ने मौका छ । प्राविधिक काममा विशेष सफलता प्राप्त हुने छ साथै आत्मसन्तुष्टि प्राप्त हुनेछ । यो समय विशेष महत्वको समय हुनेछ । मातापिता र अभिभावकवर्गको आशीर्वादले काम गर्न सक्छ ।

मिथुन राशिः (का, कि, कु, घ, ङ, छ, के, को, ह)

अनुकूल समय छैन, यो साता छैटौं, सातौं र आठौं भावको चन्द्रमा रहने छ । त्यसैले साताको प्रारम्भ र अन्त्य अनुकूल हुने देखिंदैन । सुरुमा अध्ययन, अध्यापन र लेखनको कार्यमा खासै तत्परता देखिँदैन । सोमबारदेखि बुधबारसम्म रमाइलो क्षण रहने छ, लामो समयपछि रसरङ्गको चाहना पूर्ण हुने योग आएको छ । दाम्पत्य सम्बन्धमा सुमधुरताको प्राप्ति हुनेछ । बालबच्चाबाट पनि सुखसन्तोष प्राप्त हुनेछ । मेवामिष्ठान्न आदि खान पाइने र मनोरञ्जनमा भुलिन पाउनु हुनेछ । बुधबारपछि सानातिना काम र घरेलु समस्यामा नै समय व्यतीत हुनेछ । प्रत्येक काममा बाधाअडचन आउने र ढिलो गरी कार्यसम्पादन हुने समय छ । सवारी साधन हाँक्दा सचेतता अपनाउनु बेस हुनेछ । स्वास्थ्यमा समस्या हुनसक्छ । तर आगामी शनिवार धार्मिक, सामाजिक वा सांस्कृतिक काममा खट्नु पर्ने समय हो, जसबाट प्रशंसा र शुभ कुराको सङ्केत प्राप्त हुनेछ । समग्रतामा यो साता शुभफल प्राप्त गर्न परोपकार र धार्मिक क्षेत्रमा लगानी गरेमा राम्रो हुनेछ ।

कर्कट राशिः (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)

बुद्धिक्षेत्रमा रहेको चन्द्रमाका साथमा साताको प्रारम्भ भएकाले जे गरे पनि तपाईंले आफ्नै बुद्धि खियाई गरेको कामबाट लाभ मिल्ने साता छ । सामान्यतया व्यवसायिक क्षेत्रबाट लाभ प्राप्त हुनेछ । छोराछोरीबाट सन्तोष प्राप्त हुनेछ । पारिवारिक जीवन सामान्य र सन्तोषप्रद रहने छ । साथीहरूसित मनोरञ्जन गर्ने अवसर जुर्नेछ । बिहीवार र शुक्रवार समय मनोरञ्जनपूर्ण रहनेछ । नयाँ ज्ञान सिक्ने मौका छ । व्यावसायिक यात्राको सम्भावना छ । दाम्पत्य जीवन सुखद तथा समृद्ध बन्ने देखिन्छ । आम्दानी प्रशस्तै बढ्नेछ । नयाँ सवारी साधन प्राप्तिको योग पनि छ । तर सोमबारदेखि बुधवारसम्म प्रतिद्वन्द्वीहरूसित सतर्क रहने समय हो । घरपरिवारभित्रै वैचारिक मतभेद देखापर्न सक्छ, जीवनसँगीसित पनि बाझाबाझको परिस्थिति आउने छ । त्यस्तै आगामी शनिवार पनि राम्रो दिन हुनेछैन, यात्रा घातक बन्न सक्छ, यात्राका क्रममा जोखिम लिनु हुँदैन । बोलीमा पनि संयमता अपनाउनु पर्छ, किनकि आफूले भनेको कुराले विपरीत अर्थ प्रदान गर्न सक्छ ।

सिंह राशिः (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)

साताको प्रारम्भमा घरभित्रका समस्या समाधान गर्न तल्लीन हुनुपर्छ । परिवारजनमा असमझदारी बढ्ने योग छ, मान्यजन वा अभिभावकवर्ग रुष्ट हुनसक्छन् । जग्गाजमिन वा घरायसी सम्पत्तिको चिन्ताले सताउन सक्छ । महत्वाकाङ्क्षी योजनामा हात हाल्नु राम्रो हुँदैन । कृषि–चौपायाबाट हानि पुग्नसक्छ । सोमबारदेखि बुधवारसम्मको समय राम्रो छ । यस अवधिमा कुनै विशेष खुशीको समाचार सुन्न पाइएला । राम्रो कामको लागि काम गर्ने वातावरण अनुकूल बन्नेछ । बुधबारपछि काममा अधिकार प्राप्तिका लागि तर्क, बहस र छलफलमा दिन बिताउनु पर्नेछ । प्रतिस्पर्धी र शत्रुहरूको चलखेल बढ्नाले केही चुनौती र अपठ्याराको सामना गर्नुपर्छ । प्रयत्न गर्दा समेत परिस्थिति आफ्नो पक्षमा आउने छैन । तर साताको अन्त्यमा हाँसखेल, भ्रमण र मनोरञ्जनका क्रममा समय बित्नेछ । घरपरिवारका सदस्य र साथीभाइसँग मतभिन्नता भएपनि अन्त्यमा उनीहरू सकारात्मक देखिने छन् । समग्रतामा यो साता जीवनसाथी वा आमाको सल्लाहमा गरिएको काममा सफलता प्राप्त हुनेछ ।

कन्या राशिः (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)

पराक्रम र प्रसिद्धि बढाउने साता छ । सामाजिक कार्यमा नेतृत्वदायी भूमिका वहन गर्नु पर्नेछ, जसबाट यश प्राप्त हुनेछ । बोलीको प्रभाव रहनाले काम बन्ने छ समयलाई पर्खिनु होला । सोमबारपछि परिवारभित्रका झिनामसिना काममा धेरै समय खर्चनु पर्नेछ । मनमा देखिने अस्थिरता अधैर्यताका कारण निर्णायक क्षमतामा कमी आउने छ । कामधन्दामा अर्काको भर नपर्नु नै राम्रो हुन्छ । सप्ताहान्त अनुकूल छ, यस साताको उत्तरार्द्धमा लेखन, प्रकाशन र ज्ञानगुनका क्षेत्रमा सक्रियता बढ्ने छ । बौद्धिक र सृजनात्मक सफलता मिल्नेछ । पारिवारिक जीवन सामान्य र सन्तोषप्रद रहने छ । तर आगामी शनिवारका दिन सहयोगी हातहरू पछि हट्न सक्छन् । मनमा अशान्ति र छटपटी व्याप्त हुने छ । अनावश्यक र दिक्कलाग्दो यात्रा हुन सक्छ । भोगविलासमा मन जानेछ । आर्थिक सङ्कटको योग छ । समग्रमा उतारचढावले युक्त समय भए पनि यो साता तपाईंका लागि विशेष महत्वको समय हुनेछ ।

तुला राशिः (र, रि, रु, रे, रो, ता, ति, तु, ते)

धनधान्य र सुखसुविधाको खोजीमा यस साताको अधिकांश समय व्यतीत हुने लक्षण छ । कहिलेकाँही मनमा बसाइ सर्ने, सरुवा हुने वा व्यवसाय वा पेसामा परिवर्तनको धारणा उत्पन्न हुन सक्छ । नयाँ काममा हात हाल्ने समय भएकाले आफ्ना विचारलाई कार्यान्वयन गर्दा राम्रो हुन्छ । कुनै देवालय, मठमन्दिर वा सार्वजनिक प्रतिष्ठानको दर्शन, भ्रमण वा अवलोकन हुनेछ । मित्रवर्ग र बन्धुवान्धवबाट राम्रो सहयोगको अपेक्षा गर्न सकिन्छ । बुधबारपछि घरखर्चको मात्रा ह्वात्तै बढ्न सक्छ । शरीरमा आलस्य जाग्नेछ । काम गर्न जाँगर लाग्दैन । प्रतिफल प्राप्त नहुने क्षेत्रमा लगानी हुनसक्छ । धैर्यले काम लिने समय छ । साताको अन्त्यमा सन्ततिपक्षबाट खुसीको समाचार प्राप्त हुने छ । आफन्तले प्रशंसा गर्नेछन् । मन प्रफुल्ल र उत्साही बन्ने छ । घरपरिवारमा रमाइलो जमघट हुने छ । गर्न लागेको काममा सबैले साथ दिनेछन् । समग्रमा यो साता शुभ कुराको सङ्केत मिल्नेछ ।

वृश्चिक राशिः (तो, ना, नि, नु, ने, नो, या, यि, यु)

आफ्नै राशिमा रहेको चन्द्रमाका साथमा यो साता सुरु भएको छ । साताको प्रारम्भमा नै पराक्रम र उत्साह बढ्नेछ । आत्मनिर्णयको क्षमतामा बृद्धि हुनेछ । भौतिक साधनको जोहो हुनाका साथै मनोरञ्जनात्मक क्रियाकलापमा सक्रिय हुने अवसर जुट्ने छ । घुमघाम र रामरमाइलोप्रति झुकाव बढ्ने छ । प्राविधिक काममा पनि विशेष सफलता प्राप्त हुनाले आत्मसन्तुष्टि प्राप्त हुनेछ । आभूषण, श्रृंगार, साजसज्जा, फेसनडिजाइन र सञ्चार क्षेत्रका व्यवसायीले राम्रो लाभ प्राप्त गर्नेछन् । पारिवारिक वातावरणमा हर्षको वातावरण बन्नेछ । उद्योग र व्यापारमा विशेष फाइदाको योग छ । सहयोगीहरूले साथ दिनेछन् र काममा सोचेजस्तै सफलता मिल्नेछ । कृषिकर्म र व्यावसायिक काममा भने केही चुनौतीको सामना गर्नुपर्छ । तर आगामी शनिवारका दिन घरपरिवार र छरछिमेकमा असमझदारी बढ्न सक्छ । परिश्रम गर्दा पनि सोचेजस्तो उपलब्धी हात पर्ने छैन, मिहिनेत र परिश्रम व्यर्थै खेर जान सक्छ । त्यसैले जे गरे पनि साताको पूर्वार्द्धमा नै सिध्याउनु राम्रो हुनेछ ।

धनु राशिः (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)

खर्चभावमा रहेको चन्द्रमाका साथमा साताको प्रारम्भ भएको छ, त्यसैले आर्थिक लगानी गर्नु भर पर्दो देखिन्न । सामान हराउने सम्भावना पनि छ । सोमबार तपाईंको राशिमा चन्द्रमाको प्रवेश हुनेछ, त्यसपछि रोकिएका काम सम्पादन हुने र नयाँ काम पाइने योग छ । मान–सम्मान र प्रतिष्ठा बढ्नेछ । बोलीको भरमा काम सम्पादन हुने योग छ । विचार र दर्शनका बलमा धेरैलाई आकर्षण गर्ने समय छ । आम्दानी बढ्ने र उठ्नुपर्ने रकम हातलागी हुने समय छ । बन्दव्यापारमा समेत प्रशस्त फाइदा हुने योग छ । श्रमको उचित मूल्याङ्कन होला । व्यवसायिक क्षेत्र सफल रहने छ, आम्दानीमा कमी आउने छैन । दैनिक कामहरू सन्तोषजनक ढंगले सम्पन्न हुनेछन् । अर्थलाभका अवसर आउने छन् । राजनैतिक चासो पनि बढ्नेछ । तीर्थव्रत तथा देवालयको भ्रमण हुन सक्छ । साताको पूर्वार्द्ध अनुकूल नभए पनि यो साताको उत्तरार्द्धमा नयाँ काममा हात हाल्ने समय छ ।

मकर राशिः (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)

मिश्रित प्रभाव भएको साता हुनेछ, साताको प्रारम्भमा आत्मबल बढ्ने छ । मातापिता र अभिभावक वर्गसँगको सम्बन्ध सुमधुर रहने छ । समाजसेवाका कामबाट लाभ हुनेछ । सुखसुविधा र विलासिताका साथमा समय बित्नेछ । सरकार र राज्यपक्षबाट लाभ प्राप्त हुनेछ । सोमबारदेखि बुधवारसम्म बाह्रौं भावमा चन्द्रमा रहने हुँदा खर्चमा नियन्त्रण गर्नुपर्छ । यस अवधिमा बोलीको विपरीत अर्थ लाग्न सक्छ, मुखलाई पनि नियन्त्रणमा राख्नुपर्छ । साताको अन्त्यमा पारिवारिक सुख मिल्नुका साथै अध्ययन–अध्यापनको क्षेत्रमा प्रगतिको खबर सुन्न पाउनु हुनेछ । आर्थिक पक्ष सुदृढ बन्नेछ । न्यायिक वा प्रतियोगितात्मक क्रियाकलापमा विजय प्राप्त हुनेछ । मनमा दोधारको अवस्था हुनसक्छ । परिवारमा ठूलो जमघट वा धार्मिक सामाजिक कार्य सम्पन्न हुनेछ । उक्त अवसरमा तपार्इंको प्रत्यक्ष संलग्नता र भूमिका रहने देखिन्छ । विशिष्ट व्यक्तिले विचारको कदर गर्नेछन्, महत्वपूर्ण कार्य सम्पन्न हुने मौका छ । समग्रमा यो साता लाभदायक नै रहने छ, दुर्गमस्थान वा टाढाको यात्रा सम्भावना देखिन्छ ।

कुम्भ राशिः (गु, गे, गो, सा, सि, सु, से, सो, द)

कर्मशील समय छ । साताको प्रारम्भमा कर्मक्षेत्रबाट शुभ कुराको सङ्केत मिल्नेछ । हाकिम वा विशिष्ट व्यक्तिको विचारले प्रभावित तुल्याउन सक्छ । जग्गाजमिनको कारोबार गर्दा असल हुने सङ्केत छ । सामाजिक कार्यमा नेतृत्वदायी भूमिका वहन गर्नु पर्नेछ । सद्भाव र प्रेममा उच्च सफलता प्राप्त हुने योग छ । पुराना इष्टमित्र र प्रेमीप्रेमिकाको मिलन हुने समय हो, यो साता । बुधबारदेखि शुक्रवारसम्म राम्रो समय छैन, समाजमा तपाईंका कुरा काट्नेको कमी हुने छैन । आकस्मिक यात्राको समय छ, तर यात्राबाट सोचेजस्तो प्रतिफल प्राप्त हुनेछैन । मनमा विरक्तिको भाव बहन सक्छ । बौद्धिक र प्राज्ञिक क्षमताको उपयोग हुन सक्दैन । तर आगामी शनिवार तपाईंको आफ्नै राशिमा चन्द्रमाको प्रवेश हुनेहुँदा आफ्नो विचार र योजनालाई रचनात्मक रूप प्रदान गर्ने प्रयास गर्दा राम्रो हुनेछ । विशिष्ट व्यक्तिलाई प्रभावित तुल्याएर काम बनाउन सकिनेछ । पछाडि कुरा काट्ने शत्रु आफैं पराजित हुनेछन् ।

मीन राशिः (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)

भाग्य निर्माण गर्ने समय सुरु भएको छ । यस अवधिमा पुराना साथीभाइसित अचानक भेटघाट हुने र आकस्मिक लाभ मिल्ने समय छ । कर्मसिद्धिको समय छ । सामूहिक नेतृत्व सम्हाल्ने मौका मिल्नेछ । समाजमा प्रतिभाको कदर हुनेछ । रोजगारी वा बन्दव्यापारमा प्रशस्त फाइदा हुनेछ । मातापिता वा विशिष्ट व्यक्तिको विचारले प्रभावित तुल्याउन सक्छ । प्रतिष्ठित काम गर्ने मौका छ । अरूलाई प्रभावित पारेर काम बनाउने समय छ । स्वास्थ्य सबल रहनेछ र काममा पनि फाइदाको योग छ । पशुपालन तथा कृषि क्षेत्रबाट राम्रो लाभ मिल्ने योग छ । पढाइलेखाइमा प्रगति हुनेछ । बौद्धिक प्रतिस्पर्धामा विजयी भइनेछ । तर आगामी शनिवारका दिन बाह्रौं भावमा चन्द्रमा पुग्ने भएकाले नरौसिनु जाति हुनेछ, सट्टापट्टा वा जुवाजन्य क्रियाकलापमा धननाश हुनसक्छ । व्यवहारिक खर्चको मात्रा बढ्नेछ । मनमा निराशा र विरक्तिभाव जाग्नेछ । समग्रतामा यो साता उत्तम समय रहने छ, कुनै सुखद समाचार सुन्न पाइएला ।

(सहप्राध्यापक कृष्णप्रसाद कोइरालाले लेख्नुभएको राशिफल ज्योतिष साथीबाट साभार गरेका हौं ।)