

काठमाडौं: प्रधानमन्त्री एवं नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले बुधबार आफ्नो पार्टीको सदस्यता शुल्क र लेबी तिरेका छन् ।
बुधवार उनले पार्टी केन्द्रीय कार्यालयस्थित वित्त तथा कोष व्यवस्थापन विभागमा पुगेर मासिक २५ हजारका दरले एक वर्षको लेबी बुझाएका हुन्। प्रधानमन्त्रीका हैसियतले यो रकम बुझाइएको केन्द्रीय कार्यालयका सचिव डा. भिष्म अधिकारीले जानकारी दिए।
एमालेको विधानअनुसार पार्टीका सांसद र लाभको पदमा बसेका व्यक्तिहरूले नियमित रूपमा सदस्यता शुल्कसहित लेबी बुझाउनुपर्ने प्रावधान छ।
ओलीले मासिक तीन सयका दरले सदस्यता शुल्कसमेत बुझाएका छन्। उनका अनुसार, अध्यक्ष ओलीले एक वर्षको जम्मा ३ लाख ३ हजार ६ सय रुपैयाँ पार्टीमा बुझाएका हुन्।