

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले)को सचिवालय बैठक आगामी बुधबार ललितपुरको च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमा बस्ने भएको छ।
पार्टी कार्यालयका सचिव डा. भीष्म अधिकारीका अनुसार अपराह्न १ बजे बस्ने बैठकमा आगामी भदौ २० देखि २२ गतेसम्म गोदावरीस्थित सनराइज सम्मेलन केन्द्रमा हुने विधान महाधिवेशनको तयारीका विषयमा प्रमुख रूपले छलफल हुनेछ।
साथै, बैठकमा समसामयिक राजनीतिक विषयवस्तुमा समेत समीक्षा र रणनीति तय गरिनेछ। बैठकमा महाधिवेशनको पूर्वतयारीको प्रगति, व्यवस्थापन योजना र सांगठनिक सुदृढीकरणका विषयमा पनि छलफल हुने बताइएको छ।