काठमाडौं । सत्तारुढ दल नेपाली कांग्रेसले असार १० गते बस्ने प्रतिनिधिसभाको बैठकमा अनिवार्य उपस्थित भई विनियोजन विधेयक २०८२ को पक्षमा मतदान गर्न पार्टी सांसदहरूलाई ह्विप जारी गरेको छ।
कांग्रेसका प्रमुख सचेतक श्यामकुमार घिमिरेद्वारा जारी ह्विपमा सांसदहरूलाई बैठकमा उपस्थित भई तटस्थ नरहने र विधेयकको पक्षमा मत दिन निर्देशन दिइएको हो। यसअघि सत्तारुढ गठबन्धनकै प्रमुख घटक नेकपा (एमाले)ले पनि आफ्ना सांसदहरूलाई संसदमा उपस्थित भई बजेटको पक्षमा मतदान गर्न ह्विप जारी गरिसकेको छ।
असार १० गतेको प्रतिनिधिसभा बैठकमा आर्थिक वर्ष २०८२/८३ को विनियोजन विधेयक निर्णयार्थ प्रस्तुत हुँदैछ। बजेट पारित गर्न सत्तारुढ दलहरू सक्रिय रुपमा तयारीमा जुटेका छन्।